कृषकलाई मकैको बिउ वितरण

कृषकलाई मकैको बिउ वितरण

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाको कृषि शाखाले कृषकहरूको मागका आधारमा मकैको बिउ वितरण सुरु गरेको छ। 

कृषकको मागका आधारमा ५० प्रतिशत अनुदानमा मनकामना तीन जातको मकैको बिउ वितरण गरेको नगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए। 

उनले कृषकहरूले प्याकेजिङ भएको मकैको बिउ कृषकले प्रतिकेजी ८४ रुपैयाँ र  खुला बोरामा रहेको मकै ५९ रुपैयाँमा प्राप्त गरेको जानकारी दिए। 

कृषकहरूलाई मकैको बिउ वितरण गर्दै कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले व्यावसायिक रूपमा कृषि पेसामा लाग्ने कृषकहरूलाई नगरपालिकाले सहयोग गरिरहेको बताए। 

उनले उत्पादनमा वृद्धि नभएसम्म आर्थिक सम्बृद्धि नहुने भएकाले सबैलाई उत्पादन वृद्धि हुने खालका काम गर्न आग्रह गरे। नगरपालिकाको कृषि शाखाले कृषकको मागका आधारमा उत्पादन बढाउन बिउ बिजन, आधुनिक उपकरणहरू वितरण गर्दै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.