श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
दाङ : दाङमा श्रीमतीलाई हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले घोराही उपमहानगरपालिका-१२ रतनपुरका ४१ वर्षीय मेघराज खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ परेका खत्रीले गत वैशाख १ गते राती १० बजेको समयमा आफ्नी ४० वर्षीया श्रीमती शारदा कुमारी खत्रीको हत्या गरी घर नजिकै बारीमा पुरेका थिए।
स्थानीयले गाडिएको अवस्थामा महिलाको पैतला देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनापछि खत्री फरार रहेका थिए।
छिमेकीहरूसँगको सोधपुछका आधारमा खोज तलास गर्ने क्रममा घोराही उपमहानगरपालिका-३ भानपुर नजिकै जंगलमा लुकिछिपी बसेको अवस्थामा गत वैशाख ८ गते राति साढे ९ बजे प्रहरीले उनलाई पक्राउ गरेको थियो।
सोधपुछका क्रममा खत्रीले श्रीमतीसँगको विवादमा आफूले मुक्का र अन्य चिजबाट हत्या गरी बारीमा गाडेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए। खत्रीलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको गौतमले बताए।
प्रतिक्रिया दिनुहोस !