वैदेशिक रोजगारीमा ठगी बढ्दै , क्यानडा पठाइदिने भन्दै लाखौं रकम असुल्ने महिला पक्राउ
काठमाडौं : पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ। एक व्यक्तिबाट धेरै व्यक्ति ठगिएका उजुरीहरू परेका छन्। उजुरीकै आधारमा प्रहरीले एक महिला पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ परेकी हुन्। पक्राउ पर्नेमा पोखरा १८ का स्थायी घर भइ हाल गोकर्णेश्वर जम्बुडाँडामा बस्ने ३४ वर्षीया विपना कुँवर रहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले उजुरीका आधारमा खोजतलास गर्दा कुँवर पक्राउ परेको जानकारी दिए।
सूचना अधिकारी रेग्मीका अनुसार कुँवरले पीडित सुनिता गोतामेलाई वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ९ लाख रकम लिएर फरार रहेका थिए।
उनी रकम लिएर फरार भएपछि पीडितले वैदेशिक रोजगारी विभागमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा कुँवर सोमबार पक्राउ परेकी हुन्।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !