बहुप्राविधिक शिक्षालय निर्माणमा तीव्रता

बहुप्राविधिक शिक्षालय निर्माणमा तीव्रता

ढल्केवर(धनुषा) : महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारास्थित रहेको निर्मल लामा बहुप्राविधिक शिक्षालयको भौतिक संरचना विस्तार भइरहेको छ। 

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालको आर्थिक सहयोगमा शिक्षालयको थप चारवटा अत्याधुनिक भवन युद्धस्तरमा निर्माण भइरहेको हो।

उक्त भवन निर्माण गर्न ४२ करोड १६ लाख २८ हजार रुपैयाँमा ठेक्का पाएका लुम्बिनी विल्डर्सले निर्माणको काम द्रुत गतिमा गरिरहेका छन्। 

२०७९ भदौ २० गते नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिलान्यास गरेको उक्त भवनको निर्माण काम लक्ष्यभन्दा अझ तीव्र गतिमा अघि बढिरहेको लुम्बिनी विल्डर्सका साइट इन्चार्ज इन्जिनियर दिपेन्द्र केसीले जानकारी दिए।

मंगलवार भवन निर्माण योजनाको अनुगमनका लागि शिक्षालय पुगेका कोइका नेपालका प्रोजेक्ट म्यानेजर प्रोफेसर जयमुन जिअङले भवन निर्माणको काम ३९ प्रतिशत सम्पन्न भएको बताए। 

उनले योजना कार्यान्वयमा शिक्षालय र स्थानीयले गरेको समन्वय र सहकार्य अपरिहार्य रहेको भन्दै सरहाना गरे। 

सञ्चारकर्मीसँग कुराकानी गर्दै जिअङले भने ‘सन् २०२४ सेप्टेम्बर ३० सम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ। तर डेडलाइनभन्दा अघि नै भवन निर्माण भइसक्ने गरी काम भइरहेको छ। अहिले लक्ष्य भन्दा हामी दुई महिना अगाडि छौं। संरचना तयार भइसकेपछि डेस्क–बेन्चलगायतका आवश्यक सामाग्रीहरू कोरियाबाटै ल्याउछौं।’

शिक्षालयमा सञ्चालनमा रहेको डिप्लोमा र प्रि–डिप्लोमाको पाठ्यक्रमलाई समय सापेक्ष परिवर्तन गरेर शैक्षिक स्तरलाई अझ उकास्ने योजना रहेको पनि उनले सुनाए। ‘पाठ्यक्रम परिमार्जनदेखि पुस्तक छपाएर विद्यार्थीलाई सिधै हातहातमा वितरण गर्नेसम्मको हाम्रो योजना छ। यसका लागि शैक्षिक गुरुयोजना तयारी पारिसकेका छौं। छिट्टै त्यसमा काम सरु गर्छौ,’ जिअङले भने। शिक्षालयका प्रोफेसरहरूलाई पनि सर्ट टर्म तालिमहरू दिएर प्रशिक्षित गरिने पनि उनले बताए।

यस्ता प्रोजेक्टहरू काठमाडौं युनिभर्सिटी, धुलिखेल हस्पिटल, नुवाकोट हस्पिटल, मुगु हस्पिटल लगायतको धेरै स्थानमा लागू भएर सञ्चालनमा रहेको कोइका नेपालका कन्ट्रि डाइरेक्टर जङ इउन सङले जानकारी दिए। शिक्षा, स्वास्थ्य, कृषि, वातावरणसहितको क्षेत्रमा सहयोग गरिरहेको उनले जनाए।

भवनको निर्माण सकिएसँगै इलेक्ट्रिकल र आर्किटेकको पढाइ सञ्चालन गर्ने योजना रहेको शिक्षालयका प्रिन्सिपल रमणकुमार मेहताले जानकारी दिए। 

अहिले डिप्लोमा तहमा सिभिल इन्जिनिरिङ, जियोमेट्रिक इन्जिनिरिङ, फोरेस्ट्री, होटल मेनेजमेन्ट, फुड एण्ड डेरी, फर्मेसी, रेडियोग्राफीको पढाइ भइरहेको उनले सुनाए।

२०७५ सालमा स्थापना भएको शिक्षालयमा हाल हिमाली, पहाडी र मधेससहितका २८ जिल्लाका आठ सय बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.