शासकीय संरचना परिवर्तन जरुरी छ : पाण्डे

शासकीय संरचना परिवर्तन जरुरी छ : पाण्डे
सुन्नुहोस्

नुवाकोट : नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशमा शासकीय संरचनाको परिवर्तन जरुरी रहेको बताएका छन्। नुवाकोटमा भएको पत्रकार सम्मेलनमा उनले जनताको चाहना अनुसार देश सञ्चालन गर्नका लागि पुराना प्रणालीमै सुधार गर्नुपर्ने बताएका हुन्। 

पुर्व अर्थमन्त्रीसमेत रहेका एमाले नेता पाण्डेले देशमा भएका पछिल्ला निर्वाचनहरुको समीक्षा गर्दै अब देशमा शासकीय सुधारको विषय बहसमा प्रवेश गरेको बताए। उनले देशमा आएका नयाँ शक्तिहरु पानीको फोकाजस्तै भएको टिप्पणी गर्दै कतिपयले उठाएका  विषयहरु भने सकारात्मक रुपमा लिइनुपर्ने बताए। 

उपाध्यक्ष पाण्डेले देशमा वर्तमान अवस्थाप्रति किन वितृष्ण बढिरहेको छ ? अब देश कसरी सन्चालन गर्ने र बाहिरिएका असन्तुष्ट पक्षलाई कसरी सम्बोधन गर्ने विषयले प्राथमिकता पाउनु पर्ने बताए। देशमा शासन प्रणालीमा केहि परिवर्तन अवश्य देखिएको स्वीकार गरेका छन्। अब देशमा विकासको मोडेल परिवर्तन नगरी अहिलेको बाटोबाट देश सुधार हुन नसक्ने नेता पाण्डेको भनाई छ। 

उनले उपनिर्वाचनको मत आंकलन गर्दा एमालेको मिसन ग्रासरूट अभियानको प्रभावकारितामा प्रश्न उठेको बताए। उपाध्यक्ष पाण्डेले उपनिर्वाचन भएका जिल्लाका निर्वाचन क्षेत्रमा पार्टीले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरूट अभियानको प्रभावकारितामा प्रश्न उठेको बताएका हुन्। उनले एमालेको जनतासँगको सम्बन्ध किन यति कमजोर भयो भन्ने विषयमा पनि समीक्षा हुने बताए। 

पूर्व अर्थमन्त्रीसमेत पाण्डेले नेपालको अहिलेको विकासको मोडल नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। पाण्डेले अबको विकास जनताको आवश्यकता पूरा गर्ने खालको हुनुपर्ने बताए।

उनले नेपालको अर्थतन्त्र अझै सुधार हुन नसकेको टिप्पणी गरे। पाण्डेले राजस्वसमेत उठ्न नसक्ने परिस्थिति हुँदा पनि वर्तमान सरकार गम्भीर हुन नसकेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.