छोरासहित तीन सातादेखि कता हराइन् निर्मला ?

छोरासहित तीन सातादेखि कता हराइन् निर्मला ?
छोरासहित बेपत्ता भएकी इलामकी निर्मला ढकाल सुवेदी।

इलाम : इलामकी निर्मला ढकाल सुवेदी चैत २३ देखि पाँच वर्षीय छोरासहित बेपत्ता भएपछि अहिले उनका बाबु ६७ वर्षीय नारायण ढकाल छोरीको खोजी गरिदिन हारगुहार गर्दै कहिले प्रहरी त कहिले आफन्तकोमा धाइरहेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा श्रीमान् चेतमणि सुवेदीसँग बस्दै आएकी ४० वर्षीया निर्मला(निरु) ढकाल सुवेदीले पाँच वर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी थिइन्। दुवै जना कोरिया बसेर फर्केका थिए। 

कोरियामा चिनजान भएका दुवै जनाले नेपाल फर्केर विवाह गरेका थिए। चैत २२ गते नजिकै साथीकोमा बास बसेकी उनी २३ गतेदेखि सम्पर्क छैनन्। छोरी हराएपछि तनावमा परेका नारायण इलामको माइजोगमाई –६ बाट काठमाडौं पुगेका हुन्। ढकालको इलामको देउमाई नगरपालिका–६ चेतनसंग विवाह भएको थियो। 

माइती पक्षका अनुसार उनी केही साथीभाइ र सीमित आफन्तसँग मात्रै सम्पर्कमा थिइनन्। ढकालका बाबु नारायणका अनुसार उनले दुई वर्षदेखि फोन चलाएकि थिइनन्। ढकालले भने, ‘काठमाडौं, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकेँ, केही पत्तो लागेको छैन। मन्दिर, आश्रम, सडक गल्ली सबैतिर पुगिसकेँ।’ 

निरुका भाइ सञ्जीव ढकालकका अनुसार मोबाइलसमेत नबोकेकी निरुले एकसरो लुगा मात्र बोकेकी छन्। उनले निरुको श्रीमान् बेपत्ताको विषयमा गम्भिर नभएको आरोप लगाएका छन्। निरुका पती सुवेदीले प्रहरी वित्त सातदेबाटो ललितपुरमा दिएको निवेदनमा चैत २६ देखि आफूखुसी घरबाट निस्केर वेपत्ता भएको उल्लेख छ। 

तर, माइती पक्षले भने उनले २२ गते नै घरबाट निस्किएर एक रात पूर्णिमा भन्ने साथीकोमा बसेको दाबी गरेको छ। पुर्णीमाले समेत २३ गते बिहान आफू नउठी निरु घरबाट निस्केको बताएको भाइ सञ्जीवले बताए। 

निरुको पति सुवेदीले बेपत्ता भएपछि केही दिन बाटो हेरेर प्रहरीलाई जानकारी नगराएको बताए। उनले भने, ‘मेरी श्रीमती र छोरा बेपत्ता छन्, गम्भीर नहुने कुरै भएन।’ शनिबार पनि सातदोबाटो प्रहरी वित्त पुगेर आएका उनले निरुले घरको सबै काम गरिरहेकाले मानसिक समस्या हो, होइन भन्न नसक्ने बताए। उनले भने, ‘मानसिक उपचारका लागि डाक्टरकोमा नपुर्‍याएकाले मानसिक रोगी भन्ने पनि सक्ने अवस्था छैन।’

निर्मला पूर्णिमा नामकी साथीको घरबाट भक्तपुरमा रहेकी दिदीकोमा जान्छु भन्दै हिँडेको सुवेदीले बताए। उनले घरबाट निस्कँदा परिवारसँग सल्लाह गरेरै निस्किएको बताए। निरुकी दिदी विमला ढकालले आफूहरूले खोज्ने जति सबै ठाउँमा खोजेको बताइन्। उनले भनिन्, ‘बहिनी बेपत्ता भएपछि हाम्रो चैन उडेको छ।’ 

बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी वृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पनि निवेदन दिएका छन्। सीआइबीका डीएसपी दुर्गा दाहालले बेपत्ता भएका व्यक्तिको बारेमा बताउन चाहेनन्। उनले भने, ‘अनुसन्धनका बारेमा के बताउँ तपाईंलाई ? हाम्रो प्रवत्ता हुनुहुन्छ उहाँलाई नै सोध्नुस्।’ यसअघि उनले विभिन्न सञ्चार माध्यमलाई संभावित स्थानमा खोजी भइरहेको बताएका थिए। 

प्रहरी वृत्त सातदोबाटोका डीएसपी उमेश जोशीले बेपत्ता पत्ता लगाउन सबै प्रयास जारी राखेको बताए। उनले भने, ‘हामीलाई ढिलो सूचना आयो तर सबैतिर खोजी गरिरहेका छौं पत्ता लागेको छैन।’ उनले श्रीमान्–श्रीमतीको बीचमा सामान्य विवाद भएको बाहेक अरू नखुलेको बताए। 

निरुले कहिलकाहीँं चारपाँच वर्ष लुकेर बस्छु, इलाम जान्छु भन्ने गरेको उनका निकटहरूबाट खुलेको डीएसपी जोशीले बताए। बेपत्ता महिला डिप्रेसनको बिरामी भएको प्रहरीको अनुमान छ। 

परिवारका सदस्यहरूले महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नम्बर पनि उपलब्ध गराएका छन्। आफन्त तथा परिवारले मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.