अरुण–३ जलविधुत् आयोजनाको डाइभर्सन टनेल पहिरोले पुर्‍यो

अरुण–३ जलविधुत् आयोजनाको डाइभर्सन टनेल पहिरोले पुर्‍यो
अरुण–३ को डाइभर्सन टनेल बन्द भएपछि बनेको ताल । तस्बिर : हित कार्की

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत् आयोजनाको डाइभर्सन टनेल पहिरोले पुरेको छ ।  आज बिहान टनेलबाट बाहिर पानी निस्कने ठाउँमा पहिरो खस्दा अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विरेन्द्र गोदारले जानकारी दिए । टनेलबाट करिब २५ प्रतिशमात्र पानी बाहिर निस्किएको उनले बताए । 

अरुण नदीलाई बहाब परिवर्तन गरी चार सय २९ मिटर लामो डार्भन्सन टनेलमार्फत् अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाइभर्सन टनेलमार्फत् नदी बग्दै आएको थियो । 

टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको प्रहरी प्रमुख गोदारले बताए । टनेल बन्द भएपछि १८ मिटर अग्लो  बाँधमा पानी जम्माभएको छ । 

बाँधका कारण करिब २ किलो मिटर भन्दा लामो ताल बन्नेको आयोजनाले जनाएको छ । बाँध भरिएर पानी बाहिर निस्कन लागेको प्रमुख गोदारले बताए । 

पक्की बाँध भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतारा हुने देखिन्छ । पहिरो खस्ने क्रममा नरोकिएकाले खतारा बढेको स्थानीय हित कार्कीले बताए । पहिरोका कारण उत्तर दक्षिण कोशी सडक समेत जोखिमा रहेको कार्कीले जानकारी दिए । 

कार्कीले भने–‘पहिरो सडकको छेउमै आइसक्यो,अब सडक पनि तान्ला जस्तो छ ।’  नदी थुनिएपछि आयोजनाको बाँध निर्माण स्थलको काम रोकिएको आयोजनाले जनाएको छ । 

आयोजनाका कामदारलाई सुरक्षित स्थानमा सरिएको छ । टनेलबाटै पानी निकाल्ले प्रयास भइरहेको आयोजनाले जनाएको छ ।  अस्थायी बाँधबाट पानी बाहिर निस्कदा निर्माणधिन बाँधमा समेत क्षति पुग्ने देखिन्छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.