एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
सुन्नुहोस्

बुटवल : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्। सन्दीपलाई बुटवलबाट पक्राउ गरी भैरहवा लगिएको प्रहरी प्रमुख भरत विकले जानकारी दिए। 

उनको स्वास्थ्य परीक्षण गरी जिप्रका रूपन्देहीमा राखिएको र भोलि काठमाडौं पठाउने तयारी छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका बाबु- छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको अन्नपूर्णलाई जानकारी दिए।

सोही घटनामा संलग्न रहेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। यसअघि मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई प्रक्राउ परेका थिए । राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर,उनी फरार छन्। 

नक्कली भुटानी  शरणार्थी प्रकरणमा राईका बाबु छोरा र रायमाझीका बाबु छोराको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले सन्दीपको नाममा काटिएको डेढ करोडको चेक पनि प्रमाणको रुपमा फेला पारेको उच्च स्रोतले जनाएको छ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गरेको आरोप पक्राउ परेकामाथि छ। भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाई प्रोफाइल व्यक्तिको पनि संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै दुई जनाको उजुरी परिसरमा दर्ता भएको छ उजुरीका आधारमा हालसम्म ७ जना पक्राउ परेका छन्।

सोही घटनामा रायमाझीका सहयोगी सानु भण्डारी, कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल, सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मा पोख्रेल पक्राउ परिसकेका छन्। संगठित अपराधको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.