विद्यालयलाई ५० लाख सहयोग

विद्यालयलाई ५० लाख सहयोग
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्यावोध  विद्यालयलाई एक परिवारले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। 

विद्यालयको हिरक महोत्सवको अवसरमा ज्ञवाली परिवारको तर्फबाट ५० लाख रुपैयाँको आर्थिक सहयोग गरेको अनिता ज्ञवालीले बताइन्।

विद्यालयका संस्थापक अध्यक्ष स्व. नेत्रलाल ज्ञवालीको छोरा विश्वमणि र स्व. राममणिकी श्रीमती कल्पनाले संयुक्त रूपमा विद्यालयलाई ५० लाख १ हजार १ रुपँयाको चेक हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर खनालले जानकारी दिए।

उक्त रकमबाट विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि अक्षयकोष स्थापना स्वरुप सहयोग भएको बताए। बुधबार सभामुख देवराज घिमिरे र सासंद टोपबहादुर रायमाझी सहभागी कार्यक्रममा सहयोगी दातालाई सम्मानपत्र समेत हस्तान्तरण गरिएको थियो।

१९९० मा छत्रदेव गाउँपालिका-२ बल्कोट पैवाबाट प्राथमिक तहबाट पठनपान सुरु गरेको विद्यालय जिल्लाको पुरानो विद्यालयका रुपमा चिनिन्छ। 

यस्तै २०२० सालमा त्यस विद्याललाई वडा नम्बर ४ केरुङ्गा बल्कोटमा सारी माध्यमिक तहसम्म पठनपाठन सुरु भएको छ।

अबको ६ महिनापछि विद्यालयको नाम परिवर्तन गरेर महेन्द्र विद्यावोध नेत्र राममणि माध्यमिक विद्यालय राखिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.