निकुञ्जको नियमले दलित समुदायलाई हैरानी, बस्ती स्थानान्तरण गरिदिन आग्रह

निकुञ्जको नियमले दलित समुदायलाई हैरानी, बस्ती स्थानान्तरण गरिदिन आग्रह
४७ वर्षदेखि निकुञ्जको हैरानी खेप्दै आएका चुगाबासी । तस्बिर :जीवन सेजुवाल

मुगु :छायाँनाथ रारा नगरपालिका —८ चुगाँ गाउँका दलित समुदाय ४७ वर्षदेखि रारा राष्ट्रिय निकुञ्जका कारण हैरानी खेप्दै आएका छन्।  ०३२ सालमा  रारा राष्ट्रिय निकुञ्जको स्थापन भएको थियो । निकुञ्ज स्थापना हुनुभन्दा अघिदेखि नै स्थायी बसोबास गर्दै आएका चु्गाँ गाउँका ३० घरका दलित परिवार निकुञ्जको नीति नियम तथा कानुनले हैरानी खेप्दै आएका हुन्।

रारा राष्ट्रिय निकुञ्जको स्थापना भएपछि यो क्षेत्रमा रहेका छाप्रु र राराका बस्तीलाई बाँकेको चिसापानी र गाभारमा स्थान्तरण गरिएको थियो । बाँकी निकुञ्ज आसपासका मुर्मा ,भयारी चुगा गाउँ भने यथास्थानमै रहेका छन् । 

अहिले यी गाँउ निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भएपनि सबैभन्दा बढी छाँयानाथ रारा नगरपालिका—८ चुगा गाउँका ३० घर दलित परिवारले निकुञ्जका कारण हैरानी खेप्नु परेको सोही गाउँका अमृत विकको गुनासो छ ।

निकुञ्जको मध्यावर्ती क्षेत्रभित्र रहेको चुगाँ गाउँका दलित बस्तीलाई सरकारले पनि वास्ता गरेको छैन  । आफूहरू ४७ वर्षदेखि निकुञ्जको नियम र जंगली जनावरको हैरानी खेप्नु परेका ती बस्तीका स्थानीय बताउँछन्।  । 'दलित भएकै कारणले होला हाम्रो समस्या कसैले सुन्दैन,' सोही गाउँका ८०  वर्षीय जयराम विकले भने।

४७ वर्ष  निकुञ्ज क्षेत्र भित्रको बसाईका कारण सारै हैरानी छ । गाउँनजिक जङ्गल छ । जंगलको सुकोपरो काठ उपभोग गर्न पाइदैन ।  भालु र बँदेलले जग्गामा लगाएको बाली र फलफूल खाएर सखाफ पार्छन् निकुञ्जबाट कुनै खाले राहत पाएको पाइदैन ।

निकुञ्जकै कारणले लामो समयदेखि हैरानी खेप्नु परेकाले बस्ती स्थानन्तरणका लागि जिल्लाका नेतादेखि रारा राष्ट्रिय निकुञ्जसम्म लिखित तथा मौखिक जानकारी गराउँदा समेत सुनुवाइ नभएको बाँचु विकले गुनासो गरिन् ।

यो गाउँमा विभिन्न निकायबाट धेरै विकास निर्माणका योजना र कार्यक्रम नआएका होइनन् ।  चुगा गाउँ निकुञ्जको कोर एरियाभित्र पर्ने भएकाले सरकारी तथा गैर सरकारी संस्थाबाट बिनियोजित भएका विकास निमार्णका  योजना तथा अन्य कार्यक्रमहरू समेत निकुञ्जको नियम कानुनका कारण ती योजना तथा कार्यक्रम समेत फिर्ता भएका छन् । 

निकुञ्जले आफू पनि नगर्ने अरु निकायलाई समेत काम गर्न नदिने गरेकाले पनि बस्ती स्तान्तरण गर्न पहल कसैले गरि दिएको भए  समस्याबाट मुक्त हुने सोही गाउँका रतन विकले बताए । 

निकुञ्जको नीति नियमभन्दा बाहिर जान मिल्दैन भन्दै गाउँमा आएका विकासका योजनाहरू समेत फिर्ता गर् पर्ने बाध्यता आएको  छाँयानाथ रारा नगरपालिका—८ वडा अध्यक्ष कर्ण रावलले जानकारी दिए । गाउँसम्म  पुग्न सहज खालको गोरेटो बाटो समेत छैन । स्वास्थ्य चौकी  पुग्न आधा घण्टा ओराले झर्नुपर्छ । खानेपानीको समस्या त्यस्तै छ । गाउँमा आएका योजनाहरू निकुञ्जका कारण फिर्ता गर्नु परेका छन् । चुगाँ गाउँका स्थानीयकोको सबै जग्गा सबै निकुञ्ज भित्रकै मध्यवर्ती क्षेत्रमा पर्छ । वर्षभरी गरेको खेतिपाति  सबै जंगली जनावरले सखाप पार्ने गरेको लालधरा विकले बताइन् । 

रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले निकुञ्जको आफ्नै नीति नियम भएकाले  निकुञ्ज क्षेत्र आसपासका समुदायलाई केही न केही असर पुगेको बताए। नीति नियमभित्र रही विकास निमार्णका विषयमा निकुञ्ज बाधक नभएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.