सुविधा काटेर गाईलाई खोप

सुविधा काटेर गाईलाई खोप
फाइल तस्बिर
सुन्नुहोस्

इलाम : इलाम नगरपालिकाले जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा कटाएर गाईमा देखिएको पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोगका विरुद्ध खोप अभियान सुरु गरेको छ। 

दुग्ध उत्पादनका लागि कोसी प्रदेशकै अगुवा जिल्लाको रूपमा रहेको इलाममा लम्पी रोगका कारण गाईको मृत्यु बढेपछि इलाम नगरपालिकाले नगरका १२ वटै वडाका स्वास्थ्य पशुलाई लम्पी रोगविरुद्धको खोप अभियान सुरु गरेको मेयर केदार 
थापाले बताए। 

इलाम नगरपालिकामा अहिलेसम्ममा २३ वटा गाई मरेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए। जोडनबाट झिकाएको लम्पी सिल्ड एन नामको खोप नगर क्षेत्रका १० हजार पशुमा दिनेअभियान सुरु गरेको दुलालले बताए। 

वैशाख २० गते मेयर केदार थापाको अध्यक्षतामा बसेको नगरपालिकाको आकस्मिक बैठकले मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसम्मको एक महिनाको सेवा सुविधा कटाएर खोप खरिद गर्ने निर्णय गरेको थियो। 

प्रवक्ता दुलालले भने, ‘दुई चरणमा गरेर सबै गाईलाई खोप हान्न सुरु गरेका छौं, खोप अभियान चलाउन पर्याप्त बजेटको व्यवस्था गरेका छौं।’ दुलालका अनुसार नगरका १२ वडामा सरकारी र निजी पशु प्राविधिकलाई खटाएर अभियान सुरु गरिएको हो। 

इलाम नगरपालिकाको गोदक, सोयाक, साङ्रुम्बा, बरबोटे, साखेजुङ, भज्याङ, तिल्नेकनीलगायत सबै वडामा रोगको प्रकोप देखिएको छ। उपमेयर विष्णु दाहालले भनिन् ‘दूधका लागि राम्रो पहिचान बनाएको नगरपालिकामा रोगले गाई सकिने खतरा बढेपछि खोप अभियान सुरु गरेका हो।’ 

रत्नकुमार वान्तवा प्राविधिक शिक्षालयका डा. सन्देश पौडेलले स्वास्थ्य पशुलाई लम्पी रोग लाग्न नदिनका लागि प्रयोग गरिएको लम्पी सिल्ड एन नामको खोप विश्वा खाद्य संगठन (एफएओ)बाट समेत प्रमाणित भएको बताए। उनले भने, ‘यो खोपका बारेमा लेखिएका रिपोर्टहरूले पनि यो प्रभावकारी हुने देखाएको छ।’ 

लम्पीका कारण इलामको सूर्योदय नगरपालिकामा शुक्रबार साँझसम्ममा ५५ गाई, बाच्छा मरेको नगरपालिकाको पशु सेवा शाखाको पशु प्राविधिक कृष्णचन्द्र झाले जानकारी दिए। सूर्योदय नगरपालिकाले रोग लागेका पशुलाई तीन दिनको रोग निरोधक औषधि र खोप लगाउन प्रत्येक वडामा प्राविधिक खटाएको छ। 

जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा रोगको प्रकोप देखिएको जनाइएको छ। दुई महिनामा इलाममा २ सय गाई मरेका छन्। जिल्लाभर ७ हजार ९ सय ४० पशु संक्रमित छन्। 

झापामा ५० गाई मरेका छन् भने चार हजार ५८५ संक्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन्। उनले भनिन् ‘संक्रमण बढ्दै गएको छ, रोग नियन्त्रणका लागि निजी स्तरबाट पनि कृषकहरूले खोप लगाउन थालेको जानकारी प्राप्त भएको छ।’ 

यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ। गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखट्टे, किर्नाजस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुने सिनज बढेसँगै कोसी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.