यौन व्यवसायमा लगाउने महिला जेल चलान

नुवाकोट : भारतमा कोठी सञ्चालन गरेर महिलाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा पक्राउ परेकी एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
मानव बेचविखनमा संलग्न भएको आरोपमा पक्राउ परेकी शिवपुरी गाउँपालिका–१ तलाखुकी सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई नुवाकोट जिल्ला अदालतले थुनामा पठाएको हो।
जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीको एकल इजलाशले डोल्मालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। भारत पुर्याएकी महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले उनलाई गत महिना पक्राउ गरेको थियो।
शिवपुरी गाउँपालिका–१ तलाखु स्थायी वासस्थान भएकी ४० वर्षीया सोनामलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको विशेष सूचनाका आधारमा गत चैत २५ गते पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
