केन्द्रदेखि पालिकासम्मको वार्षिक कार्ययोजना तय गर्दै एमाले

केन्द्रदेखि पालिकासम्मको वार्षिक कार्ययोजना तय गर्दै एमाले
सुन्नुहोस्

मिसन ग्रासरुटको प्रदेशस्तरिय समीक्षा सकिएसँगै एमालेको केन्द्रीय कमिटी बैठक तीन दिनसम्म चल्दैछ।

काठमाडौं : नेकपा एमालेले केन्द्रदेखि पालिकासम्मको वार्षिक कार्ययोजना तय गर्ने भएको छ। बिहीबारदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकले मिसन ग्रासरुटको प्रभाव मुल्यांकनको जगमा कार्ययोजना तयार गर्ने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

मिसन ग्रासरुटको प्रदेशस्तरिय समीक्षा सकिएसँगै एमालेको केन्द्रीय कमिटीको बैठक तीन दिनसम्म चल्दैछ। ‘मुलुकमा राजनीतिक स्थायित्वका लागि नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढ गर्ने योजनासाथ सुरुभएको मिसन ग्रासरुटको प्रभाव मुल्याङ्कन यस बैठकले गर्नेछ र त्यसको जगमा कार्ययोजना तयार गर्नेछ।’ पोखरेलले भने,‘मुलुक राजनीतिक अस्थिरता र चरम आर्थिक संकट(मन्दी)बाट गुज्रिरहेको बेलामा नेकपा(एमाले) ले कार्ययोजनाका साथ अघि बढ्नु उपयुक्त हुन्छ? तपाईहरुको रचनात्मक सुझावको अपेक्षा गरिन्छ।’

यसैगरी उपमहासचिव विष्णु रिमालले वैशाखको केन्द्रीय कमिटी बैठकले वार्षिक कार्ययोजना तयार गर्ने र असोजमा हुने बैठकले कामको अर्धवार्षिक समीक्षा गर्ने जानकारी दिए। उनले भने,‘एमाले केन्द्रीय कमिटीको बैठक हरेक ६ महिनामा हुनुपर्छ। वैशाखको यो बैठकले वार्षिक कार्ययोजना तयार गर्ने र असोजमा हुने बैठकले कामको अर्धवार्षिक समीक्षा गर्नेछ।’ 

उपमहासचिव रिमालले आजबाट सुरु हुने पाँचौं बैठकले अघिल्लो बैठकपछि भएका कामको जानकारी दिने र मिसन ग्रासरुटको समीक्षा प्रतिवेदनको आधारमा केन्द्रदेखि पालिकासम्मको बार्षिक कार्ययोजना तय हुने बताए।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.