महोत्तरीमा अटो दुर्घटना : पाँचजना मिटर ब्याजपीडित घाइते, दुईको अवस्था गम्भीर

महोत्तरी : जनकपुरस्थित लेनदेन (मिटरब्याज) पीडित आयोगमा निवेदन दर्ता गराउने क्रममा महोत्तरीका पाँचजना घाइते भएका छन् । बिहीबार बेलुकी जलेश्वरबाट जनकपुरतर्फ जाने क्रममा क्रममा उनीहरू चढेको अटो दुर्घटनामा परेको थियो।
जीपले पछाडिबाट ठक्कर दिँदा अतर कुमारी,लिला सिंह,सिकिल्या देवी, रन्ची देवी र अमिरका देवी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको जनकपुरस्थित वैदेही अस्पतालमा उपचार भइरहेको मिटरब्याज पीडित संघर्ष समितिका अजय कार्कीले बताए । उनीहरू जिल्ला प्रशासन कार्यालयबाट उजुरी सिफारिस गरि निवदेन दर्ता गराउन जनकपुरस्थित आयोगको कार्यालयमा जाने क्रममा दुर्घटनामा परेको कार्कीले बताएका छन् । घाइतेमध्ये दुईजना गम्भीर अवस्थामा छन् ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस !
