वाकीटकीसहित नक्कली प्रहरी पक्राउ

वाकीटकीसहित नक्कली प्रहरी पक्राउ
सुन्नुहोस्

नुवाकोट : प्रहरी बताउँदै जनमानसमा भ्रम फैलाउँदै गरेको अभियोगमा एक युवकलाई प्रहरीले नुवाकोटमा पक्राउ गरेको छ। उनलाई कारबाहीका लागि हिरासतमा राखिएको छ। 

बिदुर नगरपालिका-९ कोलोनीबाट ३६ वर्षीय विशाल तामाङलाई वाकीटकीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। उनको साथबाट प्रहरीले नक्कली कागजपत्रसमेत बरामद गरेको छ।

कोलोनी बजारमा आफू प्रहरी भएको बताउँदै सर्वसाधारणमा त्रास फैलाइरहेको भन्ने जानकारी आएपछि खटिएको प्रहरी विदुर नपा १३ घर भएका तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ परेका युवकको साथबाट नेपाल प्रहरीको परिचय पत्रसहित अन्य कागजपपत्र, एक थान वायरलेस सेट (वाकीटाकी) बरामद गरिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.