२० वर्ष सेवा अवधि पुगेका शिक्षकहरूलाई अवकाश सुविधा

दोलखा : शैक्षिक सुधारका लागि दोलखाको तामाकोसी गाउँपालिकाले २० वर्ष सेवा अवधि पुगेका शिक्षकहरूलाई अवकाश सुविधा दिने भएको छ।
पालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्नका लागि पालिकाले २० वर्षदेखि अध्यापन गराउँदै वा सेवा दिएका र ५५ वर्ष माथिका इच्छुक शिक्षकहरूलाई सुविधासहित अवकाश दिने पालिका प्रमुख प्रोण प्रताव केसीले बताए ।
स्वर्णिम अवकाश योजना कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ अनुसार अवकाश लिने पालिका भित्रका इच्छुक शिक्षकहरूले आवश्यक कागजात सहित पालिकाको शिक्षा शाखामा निवेदन दिनु पर्ने शिक्षा अधिकृत मेनुका बास्कोटाले जानकारी दिइन।
उनका अनुसार शैक्षिक अवकाश लिन चाहने शिक्षकलाई ३ लाख रुपैया पालिकाले उपलब्ध गराउने छ।
पालिकाभित्रका सामुदायिक विद्यालयको प्राथमिक तह १ देखि ५, निम्न माध्यमिक तह ६ देखि ८ को दरबन्दीमा कार्यरत २० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पूरा भएका इच्छुक शिक्षकहरूलाई नयाँ सुविधासहित अवकाश दिन लागेको हो।
त्यस्तै शैक्षिक सुधारका लागि तामाकोशी गाउँपालिकाले कार्यविधि बनाएर प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ। पहुँच र चलखेलका आधारमा विद्यालयमा प्रधानाध्यापक नियुक्ति हुने कार्य बन्द गर्न पालिकाले कार्यविधि नै बनाएर नियुक्त गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस !
