हिम आरोहीको गाउँमा पुग्यो विद्युतीय चुलो

हिम आरोहीको गाउँमा पुग्यो विद्युतीय चुलो
फाइल तस्बिर।
सुन्नुहोस्

दोलखा : हिम आरोहीको गाउँ बेदिङका हरेक घरमा विद्युतीय चुलो पुगेको छ। सिनर्जी पावरको सहयोगमा वडाध्यक्ष निमगेली शेपार्ले बेदिङ पुगेर पानी तताउने कित्ली र चुलोे हरेक घरलाई वितरण गरेका हुन्। 

रोल्वालिङ पदमार्गमा पर्ने सुर्मुचे, क्याल्चे, डोङाङ, थाङदिङ र बेदिङका हरेक घरलाई पुग्ने गरी ४० वटा विद्युतीय चुलो वितरण गरिएको शेर्पाले जानकारी दिए। सिनर्जीे पावर १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजना यही वडामा सञ्चालित छ। रोल्वालिङ क्षेत्रमा २१ वटा होटेलहरू छन्। पर्यटकीय क्षेत्रमा बाहिरबाट तरकारी ल्याउन नपरोस् भनेर हरेक होटललाई प्लास्टिक टनेल र तरकारीको बीऊसमेत वितरण गरेको छ।

बेदिङका हरेक घरका शेर्पाहरू सगरमाथा आरोहण गरेका र टे«किङमा जाने हुँदा बेदिङलाई सगरमाथा आरोहीको गाउँको रुपमा चिनिन्छ। यहाँको एउटै गाउँका  ६५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन्।  गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ क्षेत्रमा पर्ने बेदिङ र आसपासका क्षेत्रमा रहेका स्थानीय होटल व्यवसायीले यसअघि दाउरा र ग्यास प्रयोग गर्दै आएका थिए। बिगू गाउँपालिका–१ छ्योतछ्योतदेखि बेदिङसम्म ढुवानीका लागि प्रतिकेभी १२० रुपैयाँ खर्च गर्दा एउटा ग्यास बेदिङ पु¥याउँदा ५ हजार ५ सय रुपैयाँ पर्छ।

भौगोलक रुपमा विकट मानिने गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ उपत्यकामा पर्ने बेदिङमा एक वर्षअघि मात्र राष्ट्रिय प्रसारण लाईनको विद्युत् पुगेको थियो। विद्युत् लाइन र विद्युतीय चुलो भएपछि पर्यटन व्यवसायी र स्थानीयले समेत राहत पाउने भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.