वेदविद्याश्रम गुरुकुललाई एक लाख ५ हजार सहयोग

वेदविद्याश्रम गुरुकुललाई एक लाख ५ हजार सहयोग
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङ्जा : आँधीखोला गाउँपालिका २ काफलटारी स्थित गुरुकुल वेदविद्याश्रम माध्यमिक बिद्यालयलाई स्याङ्जा सहयोग समाज कतारले आर्थिक सहयोग गरेको छ।  स्याङ्जाबाट रोजगारका लागि कतार पुगेका युवाहरुको सक्रियतामा समाजले आर्थिक सहयोग संकलन गरेर विधाश्रमलाई सहयोग गरेको समाजका सदस्य एवं कार्यक्रम संयोजक अम्बिका पौडेलले जानकारी दिए।

सरकारी क्षेत्रबाट केही सहयोग भए पनि प्रयाप्त नभएको अवस्थामा यस्ता सहयोग मार्फत गुरुकुल संचालनमा थप सहयोग मिलेको बताउँछन् सोही वडाअध्यक्ष कमलप्रसाद पौडेल। स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकास परियारले अक्षयकोषको लागी नगद १ लाख ५ हजार रुपैंया गुरुकुल संचालन समितिका अधयक्ष पुण्यप्रसाद उपाध्यायलाई हस्तान्तरण गरे। गुरुकुलमा रहेका बटुकका लागि केही सहयोग पुगोस् भन्ने भावले विदेशमा रहेका स्याङ्जालीले सहयोग गरेको उनले बताए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रीय सचिब घनश्याम रिजालले धार्मिक पुस्तकालय निर्माणमा सहयोग गर्ने प्रतिबद्दता जनाए। ३० जना बटुकले निशुल्क आवाशिय सुबिधा सहित गुरुकुल शिक्षा लिइरहेका छन्। विस २०६०/०६१ सालमा पण्डित पुण्यप्रसाद उपाध्यायको सक्रियतामा सो गुरुकुल स्थापना गरिएको हो। 

विभिन्न सहयोगीदाताहरूका सहयोगबाटै गुरुकुल संचालन हुँदै आएको गुरु रामचन्द्र तिम्सिनाले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.