सालको काठसहित दुई जना पक्राउ

सालको काठसहित दुई जना पक्राउ

नुवाकोट : नुवाकोटको कागुनेबाट सालको काठ र गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

अवैध रूपमा ओसारपसार भइरहेको ८४ दशमलव ८७ क्युफिट सालको काठ प्रहरीले ओसारपसार गरिरहेको गाडीसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

प्रहरी चौकी सामरीबाट खटिएको प्रहरी टोलीले म्यागङ गाउँपालिका-५ सामरी कागुनेबाट धादिङ जिल्ला तर्फ जाँदै गरेको बा३क ३२९६ नम्बरको आईचर गाडीसहित सालको काठ र दुई जना युवकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

उनका अनुसार कच्ची सडकमार्गमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सालको चिरुवा काठ अवैध रूपमा लोड गरी लैजाँदै गरेको अवस्थामा फेला पारी तत्कालै आइचर गाडी, गाडीमा चालक नुवाकोटकै म्यागाङ गाउँपालिका-३ का २१ वर्षीय योगेश तामाङ र सोही गाडीमा सवार रहेका विदुर नगरपालिका-१३ का ५० वर्षीय मैत तामाङलाई सालको काठ र गाडीसहित नियन्त्रणमा लिई कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ। 

गाडीसहित चिरुवा ७४ थान अर्थात् ८४.८७ क्युफिट सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नुवाकोटमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.