आमाको मृत्यु भएपछि ६ भाइबहिनी अलपत्र

आमाको मृत्यु भएपछि ६ भाइबहिनी अलपत्र
सुन्नुहोस्

बाजुरा : त्रिवेणी नगरपालिकामा-१ छताराकी ३२ वर्षीया अस्मिता देवी दमाईको बच्चा जन्मेको २१ दिनपछि मृत्यु हुँदा एक महिनाकी छोरीसहित ६ भाइबहिनी अलपत्र परेका छन्। 

बच्चा जन्माएको केही दिनमा अत्यधिक रक्तस्राप भएपछि उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। एक महिनाकी छोरी दूध किन्न पैसा नहुँदा गाउँले दिएको दूध खुवाएर बाचिरहेकी छन्। उनका उनीहरूका बुवा मनराज पनि अस्वस्थ छन्। उनी  छोरीलाई दूध खोज्न गाउँ डुल्ने गरेका छन्। 

गाउँलेले दिएको दूधले बहिनीलाई बचाइरहेको दिदी सुशीला नेपालीले बताइन्। 'भैसी किन्ने त धेरै टाढाको विषय हो, दूध किन्न पैसा नहुँदा निकै समस्या परेको छ', उनले भनिन्।

डेढ वर्षकी छोरी सिबानी खानाको अभावमा कुपोषित बनेकी छन्। सिबानीलाई समेत दूध मागेर खुवाउनु परेको छ। कसैले दूध दिए दुवै बहिनीलाई अलिअलि खुवाउने गरेको दिदी सुशीलाले बताइन्। 

उनीहरू आफन्त नाता लाग्ने चन्द्राको घरमा बस्दै आएका छन्। चन्द्रा पनि एकल महिला हुन्। अस्मिताकी छोरी जेठी सुशीला नेपाली १२ वर्षकी भइन्। त्यस्तै सुस्मिता ९ वर्ष, समीया ७ वर्ष, छोरा शिशिर ६ वर्षका छन्। उनीहरूलाई कपडाको समेत अभाव छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.