बेलिब्रिजले बगरफाँटलाई तीन वर्षपछि यातायात सञ्जालमा जोड्यो

बेलिब्रिजले बगरफाँटलाई तीन वर्षपछि यातायात सञ्जालमा जोड्यो
कालीगण्डकी नदीमाथि जडान भएको बेलिब्रिज । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : कालीगण्डकी नदीमा बेलिब्रिज जडान भएपछि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडामा पर्ने बगरफाँट तीन वर्षपछि यातायात सञ्जालमा जोडिएको छ । म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलिब्रिज जडान भएपछि म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको बगरफाँटका बासिन्दालाई राहत मिलेको छ । 

पर्वतबेनी देखि बगरफाँट जोड्ने सडक वि.सं. २०७७ असारको बाढीले कटान गरेर बगाएको र मर्मत तथा नयाँ सडक निर्माण हुन नसकेपछि करिब चार सय घरधुरी रहेको बगरफाँटको यातायात सम्पर्क बिच्छेद भएको छ । बेलिब्रिज निर्माण भएपछि बगरफाँटबासीलाई बेनीमा आवतजावत, खाद्यान्न, निर्माण सामग्री ढुवानी, विद्यार्थीलाई क्याम्पस विद्यालय जान र बिरामीहरूलाई अस्पताल पुग्न सहज भएको स्थानीय रवी भण्डारीले बताए । 

‘म्याग्दीको सदरमुकाम बेनीबजारसँगै भएपनि यातायात र ढुवानीको समस्याले बगरफाँटबासीले दुर्गमको महशुस गरेका थिए,’ जलजला–३ को निवर्तमान वडा अध्यक्ष समेत रहेका भण्डारीले भने ‘बेलिब्रिजले बगरफाँटलाई तीन वर्षपछि यातायात सञ्जालमा जोडेको छ ।’ बगरफाँटका साथै जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट र म्याग्दीको नागी–राम्चेका बासिन्दा पनि लाभान्वित भएका छन् ।

४५ मिटर लामो बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम कोरला सडक आयोजनासँग बेनीको हिमालयन बिल्डर्सले २०७९ फागुनमा दुई करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजना प्रमुख जगत प्रजापतिले आगामी असार मसान्तसम्म सम्झौताको म्याद भएपनि एक महिना अघिनै बेलिब्रिज निर्माण सकिएर प्रयोगमा आएको बताए ।  

‘पाँच महिनाको सम्झौताको म्याद थियो,’ उनले भने ‘चार महिनामै पुल तयार भएर प्रयोगमा आइसकेको छ । प्राविधिक मूल्याङ्कन र नापजाँचको काम बाँकी छ । धेरै योजना ढिलासुस्तिले थलिएको अवस्थामा यो बेलिब्रिज लक्ष्य भन्दा एक महिना अघिनै सम्पन्न भएको छ ।’

बेनी–जोमसोम कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र २ को सिमाना पोखरेबगर स्थित कालीगण्डकीमा रहेको बेलिब्रिज बगरफाँट जोड्ने सडकमा स्थानान्तरण गरिएको हो । पोखरेबगरमा गत वर्ष पक्कि पुल बनेपछि बेलिब्रिज प्रयोग बिहिन थियो । 

हिमालयन बिल्डर्सका सञ्चालक निरज भण्डारीले काम गर्ने वातावरण, सम्बद्ध कार्यालय, स्थानीय पालिका र समुदायको सहयोगका कारण लक्ष्य अघिनै पुल निर्माण गर्न सकेको बताए । ‘सम्झौता लगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन गरेको थिए,’ उनले भने ‘काम गर्ने वातावरण भएकाले पनि सजिलो भयो ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.