आलु, प्याजमा भ्याटले ‘सरकारलाई मात्रै फाइदा’

आलु, प्याजमा भ्याटले ‘सरकारलाई मात्रै फाइदा’
फाइल तस्बिर।

काठमाडौं : उपभोक्तालाई करको भार लगाउने गरी आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कर नीतिप्रति व्यवसायी र अर्थमन्त्रीबीच मतभेद देखिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आलु, प्याजमा भ्याट लगाएको तर्क गरे पनि व्यवसायीले भने स्थानीय उत्पादनमा पनि कर लाग्ने दाबी गरेका हुन्।

आव २०८०/०८१ को बजेट वक्तव्यमा १ सय ७० वस्तुलाई भ्याट छुट पाउने सूचीबाट हटाउने उद्घोष गरिएको थियो। लगत्तै प्रस्तुत गरिएको आर्थिक विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐन संशोधन गर्दै भ्याट छुट पाउने वस्तुको सूचीबाट आलु, प्याज, स्याउलगायत अत्यावश्यक वस्तु हटाइएको थियो।
अर्थमन्त्री डा. महतले भने आयातीत आलु, प्याजलाई मात्र भ्याट लाग्ने तर आन्तरिक उत्पादनमा नलाग्ने बताउँदै आएका छन्। यो व्यवस्थाले आन्तरिक उत्पादन सस्तो हुने भएकाले यस्ता उत्पादनको प्रवद्र्धन हुने अर्थमन्त्रीको तर्क छ।

‘किसानको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउजस्ता कृषिजन्य वस्तुमा भ्याट लगाइएको हो,’ अर्थमन्त्री डा. महतले भने, ‘यसले स्वदेशभित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुनेछ।’महतका अनुसार ५० लाख रुपैयाँभन्दा कम कारोबार गर्ने किसानलाई कर नलाग्ने स्पष्ट पारे। आयात गरेर त्योभन्दा बढी कारोबार गर्नेलाई मात्रै कर लाग्ने उनको दाबी छ।

  •     चालू आर्थिक वर्षमा ८ अर्ब ८२ करोडको आलु र ७ अर्ब १५ करोडको प्याज आयात 
  •     आलु, प्याजमा थप १३ प्रतिशत भ्याटले दैनिक भान्सामा लाग्ने खर्च बढाउँछ 

जबकि नेपालमा आलु, प्याजको आयात निर्यात, संकलन तथा बिक्री थोक व्यवसायीले गर्दै आएका छन्। वार्षिक ५० लाख रुपैयाँको कारोबार गर्नु भनेको दैनिक पौने १४ हजारको कारोबार गर्नु हो जुन थोक व्यवसायीको दैनिक कारोबारभन्दा निकै कम हो। यसर्थ, उनीहरू भ्याटमा दर्ता हुनुपर्ने भएको छ। जबकि आन्तरिक उत्पादनको आपूर्ति शृंखलामा पनि यिनै व्यवसायी सहभागी हुने गरेका छन्। यसर्थमा आन्तरिक उत्पादनका आलु, प्याज तिनै थोक व्यवसायीमार्फत आपूर्ति हुँदा आन्तरिक उत्पादनमा पनि भ्याट लाग्ने देखिन्छ। व्यवसायीले पनि आन्तरिक उत्पादनमा पनि भ्याट लागेको तर्क गरेका छन्।

व्यवसायीले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्याहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महँगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन्। उनीहरूले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री डा. महतले आत्मघाती कदम चालेको आरोप लगाए।

नेपाल कृषिउपज आलु, प्याज आयात निर्यात थोक विक्रेता संघले आलु, प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाइका दरले महँगिने भएकाले यो निर्णयबाट व्यवसायी हतोत्साहित र उपभोक्ता चिन्तित रहेको दाबी गरेको छ। संघका अध्यक्ष मोहन बानियाँले आयातको तथ्यांक हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको बताए। अर्थमन्त्री डा.महतको घोषणा मुलुक, उपभोक्ता र  व्यवसायीको विरुद्धमा रहेको भन्दै बानियाँले भने, ‘यो व्यवस्थाले व्यवसायीले आयात गर्न नसक्ने, उपभोक्ता मारमा पर्ने  भएका छन् ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.