प्रकाश दाहाल स्मृति तेस्रो बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

प्रकाश दाहाल स्मृति तेस्रो बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
सुन्नुहोस्

आइतबार बुढानीलकण्ठको ड्रिम गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक अखिल नेपाल खेलकुद महासंघले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

काठमाडौं: प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी  सम्पूर्ण पूरा भएको छ।

आगामी असार १७ देखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए।

आइतबार बुढानीलकण्ठको ड्रिम गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक अखिल नेपाल खेलकुद महासंघले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगिताको खेलहरू काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२ स्थित भंगालको सामुदायिक भवनमा हुने आयोजक संघका सचिव राजन लामिछानेले जानकारी दिए। प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा ९ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता संयोजकसमेत रहेका नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले प्रत्येक तौलसमूहका विजेतालाई नगद पुरस्कार प्रदान गरिने बताए।

प्रतियोगितामा पुरुषतर्फ ४८ केजीमुनि, ५१ केजीमुनि, ५४ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७१ केजीमुनि, ७५ केजीमुनि, ८० केजीमुनि, ८६ केजीमुनि ९२ केजीमुनि र ९२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै महिलामा ४८ केजीमुनि, ५० केजीमुनि, ५२ केजीमुनि, ५४ केजीमुनि, ५७ केजीमुनि, ६० केजीमुनि, ६३ केजीमुनि, ६६ केजीमुनि र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस अघिका संस्करणमा ओलम्पिक तौलसमूहमा मात्र समावेश गरिए पनि खेलाडीले अन्य तौलसमूह पनि खेलाउन आग्रह गरेकाले तौलसमूह थपिएको केसीले जानकारी गराए।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभाग र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक केसीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.