नरपानीमा बढे पर्यटक

नरपानीमा बढे पर्यटक

सन्धिखर्क : नरपानी डाँडा चिसो हावा र चिसो पानीका कारण चर्चित छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्यहरू हेर्न र गर्मीयाममा गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन्। हाल भारतबाट आउने पर्यटकको संख्या पनि वृद्धि भएको छ।

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख पिकनिकस्थलको रूपमा विकसित हुँदै गएको छ। गर्मीको समय आजभोलि पनि यस क्षेत्रमा चिसो खान कपिलवस्तु, रूपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक रूपमा पर्यटक आउने गरेको सन्धिखर्क– ६ नरपानीका पूर्ववडाअध्यक्ष कृष्णबहादुर आचार्यले बताए। कोरोनाका कारण केही समय बन्द भए पनि फेरि आन्तरिक तथा बाह्य पर्यटकहरू बढेका छन्। 

तराई मधेस र गर्मी क्षेत्रबाट आउने पर्यटकले नरपानीको चिसोमा रमाउने गर्छन्। गत वर्षदेखि दैनिक रूपमा ३० देखि ७० ग्रुपहरू आउने गर्दछन्। शनिबारको दिन यहाँ झन्डै ५० देखि एक सय ग्रुपहरू आउने गरेका छन्। महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिंगेबाट ५० किलोमिटरको दूरीमा नरपानी आइपुगिन्छ। गोरुसिंगे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरू बढी आउने गरेका छन्। 

सुपा देउरालीमा दर्शनका लागि पनि आउने धार्मिक पर्यटक त्यत्तिकै हुन्छन्। यहाँ वरिपरि हरियाली डाँडा छ। बीचमा समथर भूभाग रहेको छ। सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ। विगतका वर्षहरूमा भन्दा हिजोआज दर्शनार्थी बढेको सुपा देउराली मन्दिर संरक्षण समितका अध्यक्ष फर्सबहादुर केसीले बताए।

सुपा देउराली पनि धेरै भेटी संकलन हुने मन्दिरमध्येको एक हो। यहाँ उठेको भेटीबाट विद्यालय सञ्चालनसँगै विकास निर्माणका काम भइरहेका छन्। नगरपालिका वडा ७ मा रहेको आदर्श माध्यमिक विद्यालय खाँचीकोटमा र शीतगंगा नगरपालिकाको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयमा गरी १० जना निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरिएको छ।

भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटो, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिने अध्यक्ष केसीले जानकारी दिए। यहाँ केबुलकार र साहसिक पदमार्ग बनाउन सके पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.