झापामा ६ वटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटियो

झापामा ६ वटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटियो
सुन्नुहोस्

झापा : झापाका विभिन्न स्थानबाट चोरी भएका ६ वटा मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ । 
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मेचीनगरको धुलाबारीबाट तीन वटा, अर्जुनधाराको शनिश्चरे, सालबारी र भद्रपुरको चन्द्रगढीबाट एक एक वटा मोटरसाइकल बरामद गरेको हो । 

प्रहरीले मे ९ प ३०८७ नम्बर उल्लेख भएको १२५ सिसी भएको रातो रंगको सुपर स्पलेण्डर मोटरसाइकल, मे ६ प ३७४८ नम्बर भएको १६०  सिसी भएको एनएस मोटरसाइकल, मे ९ प १०७० नम्बर भएको १५०  सिसी भएको कालो रंगको पल्सर मोटरसाइकल, मे १० प ९५५९ नम्बर भएको २२०  सिसी भएको निलो रंगको पल्सर मोटरसाइकल, मे ७ प ३६५० नम्बर भएको सिल्भर रंगको टिभीएस कम्पनीको भिक्टोर मोटरसाइकल र मे १० प ८१७२ नम्बर भएको १५० सिसी भएको कालो रंगको पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

बेवारिसे अवस्थामा बरामद गरिएका मोटरसाइकलहरूको च्यासिस र इन्जिन नम्बर यातायात कार्यालयमा गएर बुझ्दा सम्बन्धित धनी फेला नपरेपछि आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको डीएसपी रिजालले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.