‘सेभेन समिट’का लागि रसियातर्फ लागे आरोही प्रकाशराज पाण्डे

‘सेभेन समिट’का लागि रसियातर्फ लागे आरोही प्रकाशराज पाण्डे
सुन्नुहोस्

काठमाडौं : युवा आरोही प्रकाशराज पाण्डे विश्व रेकर्ड कायम गर्ने उद्देश्यसहित ‘सेभेन समिट’मा निस्किएका छन्। विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानका साथ पाण्डे युरोपको सबैभन्दा अग्लो एलब्रस हिमाल आरोहणका लागि रसियातर्फ लागेका हुन् । 

रामेछापको लिखु तामाकोशी गाउँपालिका निवासी आरोही पाण्डेलाई महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र किरण केसीले सातवटै महादेशका अग्ला हिमाल आरोहणका लागि शुभकामना दिएर राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका हुन् । 

सातवटा महादेशका अग्ला हिमाल आरोहण सुरु गर्नुअघि उनलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले स्काउटको वार्षिकोत्सव समारोहमा सम्मानसहित स्काउटको झण्डा समेत हस्तान्तरण गरेकी थिइन् । 

पाण्डेले अन्नपूर्णसँग भने,‘सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेँ। अब सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारीमा छु। सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गर्न लागेको हुँ।’

उनले देशको नाम राख्न र अहिलेसम्मको रेकर्ड तोड्नका लागि सातै महादेशका सात अग्ला हिमालको आरोहण गर्न लागेको बताए। 
उनले भने, ‘सातवटा महादेशका अग्ला हिमालको आरोहण गरेपछि ती हिमालमा पुर्‍याएको नेपालको राष्ट्रिय झण्डा पुनः सगरमाथाको शिखरमा लगेर फहराउने छु। ’

५ करोडभन्दा बढी रकम खर्च हुने सेभेन समिटका लागि पाण्डेले अहिलेसम्म कतैबाट पनि आर्थिक सहयोग नपाएको बताए। उनले भने,‘सेभेन समिटका लागि ५ करोडभन्दा बढी रकम खर्च हुन्छ। तर कसैले अहिलेसम्म आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छैन।  यो अभियान राष्ट्रको लागि हो। सरकारी र गैरसरकारी निकायले सहयोग गरिदिए उद्देश्य पूरा गर्न सक्थेँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.