ओखलढुंगामा पहिरोले ३ घर बगायो : एकै परिवारका २ जनाको मृत्यु, २ बेपत्ता

ओखलढुंगामा पहिरोले ३ घर बगायो : एकै परिवारका २ जनाको मृत्यु, २ बेपत्ता
चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार रातिको भीषण वर्षापछि गएको पहिरो। तस्बिर : शिव ढुंगाना।

पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी ३१ वर्षीया शिवमाया गुरुङको मृत्यु भएको हो ।  त्यसैगरी उनीहरुका १० वर्षका छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् ।

ओखलढुंगा : चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार रातिको भीषण वर्षापछि गएको पहिरोले ३ घर बगाएको छ । 

पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । 

पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी ३१ वर्षीया शिवमाया गुरुङको मृत्यु भएको हो ।  त्यसैगरी उनीहरुका १० वर्षका छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी दिपकबहादुर केसीले बताए ।

स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको छ।  उनीहरु भने भागेर ज्यान जोगाउन सफल भएका थिए । राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए । उद्धारका लागि थप प्रहरीसमेत जिल्लाबाट खटाइएको छ ।

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.