मेकानिकल इन्जिनियर हुँदा अकुत आर्जन

मेकानिकल इन्जिनियर हुँदा अकुत आर्जन
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवले अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ । उनले ३१ वर्ष प्राधिकरणमा काम गर्दा १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारको अनुसन्धानले देखाएको हो । 

आयोगले विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर यादवविरुद्ध विशेष अदालतलमा मुद्दा दायर गरेको छ। 

यादवविरुद्ध नेपाल विद्युत् प्राधिकरणअन्तर्गत विभिन्न कार्यालयहरूमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो। यादव २०४८ फागुन ९ देखि २०७९ जेठ ९ सम्म सार्वजनिक सेवामा बिताएका थिए। अख्तियारले उनको सार्वजनिक सेवामा रहँदाको अवधिको समग्र आय (आम्दानी) तथा व्यय (खर्च तथा लगानी) को विश्लेषण गरेको जनाएको छ।

उनले पारिश्रमिक बचत, प्रोत्साहन भत्तावापतको रकम, विदेश भ्रमण भत्ताबापत प्राप्त रकम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जा आय, नेपाल विद्युत् प्राधिकरणबाट लिएको कर्जा आय, बैंकबाट लिएको कर्जा आय, सहकारीबाट लिएको कर्जा आय, सेयरबाट प्राप्त नगद लाभांश, ब्याज आम्दानी, घरबहाल आय, बिमा म्याचुयर्ड भई प्राप्त रकम, सवारी बिक्रीबाट प्राप्त रकम, सेयर बिक्रीबाट प्राप्त रकम, मुआब्जाबापत प्राप्त रकम र कृषि आयसमेत गरी १ करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ आय आर्जन गरेको देखिन्छ। 

सोही जाँच अवधिमा यादवको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेसन दस्तुर, अध्ययन खर्च तथा छोरीहरू विदेश पठाउँदाको खर्च, कर्जाको साँवाब्याज भुक्तानी, घरबहाल कर, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, सेयर खरिद तथा लगानी र बैंक मौज्दातसमेत गरी जम्मा ३ करोड १३ लाख ९८ हजार ५९४ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ।

यादवको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीमा गरेको कुल खर्च र सोही अवधिको आयव्ययको विवरणअनुसार स्रोत खुल्न आएको वैध आय १ करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँको अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेको सम्पत्ति एवं खर्चको  स्रोत पुष्टि गर्न नसकेको देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.