प्री ओपन सेसन: ६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं : साताको दोस्रो कारोबार दिन प्री ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढेको छ। यो सेसनमा नेप्से ६.२७ अंकले बढेर २१२४.०१ विन्दुमा पुगेको हो।
सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंकले घटेको छ।
यो समयमा ३६ कम्पनीको २ हजार ३७२ कित्ता सेयर १६ लाख १३ हजार २४६ रुपैयाँमा खरिदबिक्री भयो। जसमध्ये ३० को मूल्य बढ्यो भने ५ को घटेको छ। बाँकी १ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया दिनुहोस !