चरिकोटमा सडकमै गाडी पार्किङ

चरिकोटमा सडकमै गाडी पार्किङ
सुन्नुहोस्

दोलखा : जिल्ला सदरमुकाम चरिकोटमा व्यवस्थित बसपार्क नहुँदा गाडी पार्किङ गर्न समस्या भएको छ। बसपार्क नहुँदा सडकमै सवारी साधन रोक्नुपर्ने वाध्यता रहेको छ।

काठमाडौंबाट १३३ किलोमिटर पूर्वमा पर्ने चरिकोटस्थित सडकमा सवारी साधन जताततै रोक्दा सर्वसाधारण स्थानीयवासी, विद्यार्थीलाई आवतजावत गर्न निकै कठिनाइ भएको छ। 

काठमाडौं-चरिकोट दैनिक दर्जनौ सवारी साधनको आवतजावत गरे पनि बसपार्क तथा पार्किङको व्यवस्था नहुँदा यहाँ सडकमै गाडी रोकिने गरेको छ। बसपार्क नहुँदा सडकको दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ हुने गरेको छ।

चरिकोट बजारमा सवारी चाप बढ्दै गएको र सो अनुरूपको संरचना नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको ट्राफिक प्रहरी कार्यालय चरिकाले जनाएको छ। 

मुख्य बजारमा छेउ छाउमा मनलाग्दी गरिने पार्किङदेखि बजारभित्रका साँघुरा बाटोको छेउमै गरिने पार्किङले दुर्घटनासँगै विभिन्न समस्या बढेको छ। 'व्यवस्थित बसपार्क नहुँदा सवारी साधनले जथाभावी पार्किङ गरेको छ। हाम्रो तर्फबाट व्यवस्थापन गर्न सक्दो प्रयास गरेका छौँ', ट्राफिक प्रहरी असई देवकुमार घिसिङले भने।

अहिले लामा दूरीका सवारी साधनलाई समस्या नभए पनि लोकल रुटमा चल्ने सवारी साधनलाई हटाउनका लागि पार्किङको विकल्प दिनुपर्ने उनको भनाइ छ। 

चरिकोटबाट काठमाडौं, काँकडभिट्टा, सिँगटी, जिरी, बुलङु, बाबरे, लादुक, हावा, च्यामा, भीरकोट लगायतका क्षेत्रमा सवारी साधन छुट्ने गर्दछन्। 

लामो समयदेखि चरिकोटमा जथाभाबी पार्किङ गर्दै आए पनि स्थानीय सरकारले कुनै चासो देखाएको छैन। जग्गा अभावको कारण देखाउँदै आलटाल गरिरहेको स्थानीय बताउँछन्।  

हरेक चुनावमा नेताहरूले बसपार्क निर्माणलाई प्राथमिकता दिँदै भोट माग्ने गरे तापनि अहिलेसम्म यसको समाधान हुन सकेको छैन। 

चरीकोट टोलसुधार समितिले भेटेनरी गेट अगाडि दुई वटा गाडी दुई घन्टाभन्दा बढी राख्न नदिने नियम बनाएको छ। तर यसको कार्यान्वयन हुन नसकेको स्थानीय वासु थापाले बताए। 

विविध समस्याका कारण बसपार्क निर्माण गर्न नसकिएको नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले बताए। जग्गा व्यवस्थापनको काम भइरहेकाले बसपार्क निर्माण प्रक्रिया केही समयमा नै अघि बढाइने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.