प्रतिनिधि सभाको बैठक : आज आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित हुने

प्रतिनिधि सभाको बैठक : आज आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित हुने
फाइल तस्बिर।

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक बोलाइएको हो।

आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल हुने र त्यसमा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा छ। 

त्यसपश्चात राष्ट्र ऋण उठाउने विधेयक, २०८० को दफावार छलफल गरिने, प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्रीले विधेयक पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.