कुनै तहमा पराजित उम्मेदवार अर्को तहको निर्वाचनमा उठ्न नपाइने

कुनै तहमा पराजित उम्मेदवार अर्को तहको निर्वाचनमा उठ्न नपाइने
सुन्नुहोस्

काठमाडौं : कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवार अर्को तहको निर्वाचनमा उम्मेदवार बन्न नपाइने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले त्यस्ता पराजित उम्मेदवार पदको कार्यकाल पूरा नभएसम्म उम्मेदवार बन्न नपाइने व्यवस्था प्रस्ताव गरेको हो।

उक्त व्यवस्था लागू भएपछि स्थानीय तह निर्वाचनमा पराजित उम्मेदवार प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्। प्रदेशमा पराजित उम्मेदवार पनि संघीय संसदका लागि उम्मेदवार बन्न पाउने छैनन्।

'संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचन बाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने,' विज्ञप्तिमा भनिएको छ। 

निर्वाचन आयोगको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन नेपालको संविधान, सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास र विगतका अनुभव तथा पृष्ठ पोषण समेतका आधारमा साविकको निर्वाचन सम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णय गरेको  ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.