बाढीले बगायो सडक

बाढीले बगायो सडक
सुन्नुहोस्

दोलखा : लगातारको वर्षापछि आएको बाढीले दोलखाको दोस्रो प्रमुख सडक बगाएको छ। 

कालिञ्चोक गाउँपालिका-४ को चरिकोट–सिंगटी सडक खण्डको बञ्चरे नजिकै चप्लेटीमा सोमबार राति खहरेको बाढीले सडक बगाएपछि यातायात अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ। सो क्षेत्रका अन्य सडकमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। दोलखाको तीनवटा गाउँपालिकालाई जोड्ने मुख्य चरिकोट–सिंगटी सडक बढीले बगाएपछि  यातायात पूर्ण रूपमा ठप्प भएको छ। 

इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सानु तामाङका अनुसार पहिरोका कारण चप्लेटिका स्थानीयको पाँच वटा घर जोखिममा परेको छ। 

स्थानीय कृष्णबहादुर श्रेष्ठ, चत्रबहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, नरबहादुर श्रेष्ठ र खड्ग बहादुर श्रेष्ठको घर जोखिममा परेको हो। पहिरो खस्ने क्रम नरोकिए अन्य बस्ती पनि जोखिममा पर्ने खतरा रहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएका कारण एम्बुलेन्स, खाद्यान्न ढुवानी लगायत प्रभावित हुँदा जनमानसमा त्रास बढेको प्रहरीले जनाएको छ। तत्काल सडक खुलाउन नसकिने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.