कोसी प्रदेशमा ट्राफिक सप्ताह सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

कोसी प्रदेशमा ट्राफिक सप्ताह सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

विराटनगर : कोसी प्रदेशका १४ वटै जिल्लालाई लक्षित गरेर मंगलबारदेखि २०८० सालको ट्राफिक सप्ताह सुरु गरिएको छ। 

सडकमा लेन अनुशासनको पालना गराउने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यसहित प्रदेश राजधानी विराटनगरमा सप्ताहको भव्य उद्घाटन गरिएको हो। उद्घाटन प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन्। बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जनचतेनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने कार्कीले बताए। प्रत्येक व्यक्ति सचेत भए मात्रै दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने उनको भनाइ छ। 

‘क्षमताभन्दा बढी यात्रुकै कारण सार्वजनिक सवारीसाधन दुर्घटना बढिरहेको छ,’ उनले भने, ‘नियन्त्रण गर्न सबै सरोकारवाला सचेत हुनुपर्छ।’ दुर्घटनाका कारण बर्सेनि मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नु परेको दृष्टान्त उनले प्रस्तुत गरे। यातायात व्यवसायी, सवारी चालक, ट्राफिक तथा नेपाल प्रहरीलगायतका सरोकारवाला बीचको आपसी सहकार्यमा दुर्घटनाबाट भइरहेको क्षति रोक्न सकिने कार्कीले बताए। 

दुर्घटना न्यूनीकरणको व्यवस्थापकीय कार्यका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले स्पष्ट पारेका छन्। ‘संघीय कानुनको अभावमा प्रदेश सरकार आफैंले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न सकेको छैन,’ उनले भने, ‘तर, दुर्घटना रोक्न प्रदेश सरकार प्रयत्नशील छ।’ ट्राफिक प्रहरीसहितका सरोकारवाला निकायबीचको सहकार्यले अघिल्ला वर्षको तुलनामा चालू आर्थिक वर्षमा कोसी प्रदेशमै दुर्घटनाको संख्यामा कमी आएको जानकारी मुख्यमन्त्री कार्कीले दिएका छन्। 

कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले सवारी दुर्घटना भयावह बन्दै गइरहेको बताए। सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लंघन, चालकको लापरबाहीलगायत दुर्घटना न्यूनीकरणका चुनौती रहेको उनको भनाइ छ। भयावह अवस्थाको दुर्घटना न्यूनीकरण गर्न र सडकमा लेन अनुशासनको पालना गराउन ट्राफिक सप्ताहले महत्वपूर्ण भूमिका खेल्ने डीआईजी बास्तोलाको भनाइ छ। 

null

प्रदेशमा सवारी दुर्घटनामा परेर आर्थिक वर्ष २०७५/०७६ मा ३ सय ७३ जनाको मृत्यु भएको थियो। २०७६/०७७ मा ३ सय ३२, २०७७/०७८ मा ४ सय ४४, २०७८/०७९ मा ५ सय ३१ जनाको मृत्यु भयो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महतोका अनुसार गत वर्षमात्रै प्रदेशमा ३ हजार ८ सय २० सवारी दुर्घटना भएका थिए। दुर्घटनामा १ हजार १ सय १४ जना गम्भीर र ५ हजार ३ सय ३५ जना समान्य भाइते भएको जानकारी उनले दिए। 

महतोका अनुसार चालू आर्थिक वर्षको हालसम्म दुर्घटनामा परेर ३ सय ९४ जनाको मृत्यु भएको छ। ३ हजार ३ सय ९२ वटा दुर्घटनामा ७ सय ७८ जना गम्भीर घाइते भएका छन्। गत वर्षको हालसम्म ५ सय १० जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेर गत वर्षको तुलनामा १ सय १६ जना कमको मृत्यु भएको एसपी महतोको भनाइ छ। उनका अनुसार दुर्घटनामा ८, मृत्युमा २३.१७ र गम्भीर घाइतेको संख्यामा ३१.४७ प्रतिशतले कमी आएको छ। 

null

‘अधिकांश दुर्घटना मानवीय त्रुटिका कारण भइरहेको छ। चालक र सडक प्रयोगकर्ताले ट्राफिक नियमको पूर्ण पालना नगरेको पाइन्छ,’ महतोले भने, ‘मानवीय त्रुटिको विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको छ। १६ प्रतिशत दुर्घटनामा चालकको लापरबाही देखिएको छ।’ सडक प्रयोगकर्ताको असावधानीका कारण १२ प्रतिशत, चालकको मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा १० प्रतिशत र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना सवारी चलाउँदा ७ प्रतिशत दुर्घटना हुने गरेको एसपी महतो बताउँछन्। 

उनका अनुसार सवारीसाधन अनुसार मोटरसाइकल दुर्घटना ५७, सीटी सफारी, ई–रिक्सा तथा टेम्पो १६ र अन्य साना सवारीसाधन दुर्घटना ११ प्रतिशत छ। 

ट्राफिक नियमको पालना नगर्नु दण्डनीय हो भनेर सवारीचालकदेखि सडक प्रयोगकर्तासम्मलाई बुझाउन सकियो भने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने महतोले बताए। ‘नियमको पालनामा सबै प्रतिवद्ध हुुनुपर्छ,’ उनी भन्छन्, ‘अनि मात्रै दुर्घटना न्यूनीकरणको लक्ष्यमा आशातित सफलता हासिल हुन्छ।’ विगतको त्रिवर्षीय विश्लेषणले बर्सेनि ८० प्रतिशतले दुर्घटना, २६.६४ प्रतिशतले मानिसको मृत्यु र २९ प्रतिशत गम्भीर घाइतेको संख्यामा वृद्धि भइरहेको देखाएको उनले बताए। 

null

उनका अनुसार चालू आर्थिक वर्षको हालसम्म प्रदेशभरि २४ हजार ८ सय ५० वटा जनचेतनामूलक कार्यक्रम गरी चालक तथा सडक प्रयोगकर्ता ५ लाखभन्दा बढीलाई ट्राफिक सचेतना प्रदान गरिएको छ। प्रदेशका ३६ वटा सहरमा पार्किङ व्यवस्थापन तथा १ सय ९ वटा सवारी पकेट क्षेत्र र सडकमा लेन अनुशासनको पालनाका लागि २९ स्थानमा लेन अनुशासनस्थल निर्धारण गरिएको एसपी महतोले बताए। ‘नियम मिच्ने २ लाख ८५ हजार सवारीलाई ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गरिएको छ,’ उनले भने, ‘त्यसबाट १९ करोडभन्दा बढी राजस्व संकलन भएको छ।’ 

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले ट्राफिक सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक र्‍याली निकालिएको जानकारी दिए। उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको संयोजनमा निकालिएको र्‍याली विराटनगर बजारका विभिन्न भागको परिक्रमा गर्दै कार्यक्रममा परिणत भएको थियो। 

ट्राफिक सप्ताहमा सडकको पेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गति कम गर्न प्रेरित गर्ने, जेब्राक्रसमा पैदलयात्रीलाई प्राथमिकता दिन आग्रह गर्ने, पार्किङ एवं सडक, पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए। 

साथै ट्राफिक सप्ताहअन्तर्गत स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा संकेतमूलक ट्राफिक बोर्डहरु राख्ने, सडकमा राखिएका निर्माण सामाग्री हटाउने तथा सरोकारवालासँग समन्वयमा खाल्डा खुल्डी पुर्ने, सवारी चालकहरु लक्षित सचेनतामूलक कार्यक्रम, चालकको स्वास्थ्य परीक्षण र सवारीको यान्त्रिक चेकजाँच एवं सरोकारवालासँग अन्तरक्रिया गर्नेलगायतका कार्यक्रमहरु तय गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.