चराचुरुंगीलाई खेल्न बुलबुलेमा अब नयाँ ताल

चराचुरुंगीलाई खेल्न बुलबुलेमा अब नयाँ ताल
सुर्खेतको बुलबुलेमा नयाँ ताल निर्माण कार्यको शिलान्यास गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल। तस्बिर : बिस्नप्रसाद न्यौपाने
सुन्नुहोस्

वीरेन्द्रनगर : चराचुरुंगीलाई खेल्न नयाँ ताल बन्दैछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुलेमा विशेषगरी चराचुरुंगीकै लागि अर्को नयाँ ताल निर्माण गरिने भएको छ। चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयनअन्तर्गत नयाँ ताल निर्माण गर्न लागिएको हो। यहाँ डुंगा चलाउन पाइने छैन। ताल शान्त वातावरणमा चराचुरुंगीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाइनेछ।

मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ ताल निर्माण कार्यको शिलान्यास गरे। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको १ करोड १२ लाख ३६ हजार ८ सय ६३ रुपैयाँ लगानीमा नयाँ ताल निर्माण गर्न लागिएको जनाएको छ। २०८२ असार १० गतेभित्र निर्माणकार्य सम्पन्न गर्ने गरी प्रवीण निर्माण सेवाले नयाँ ताल निर्माणको जिम्मा लिएको छ। 

पुरानो तालसँगै जोड्ने गरी उक्त ताल निर्माण गर्न थालिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख शिखर चपाईंले बताए। उनका अनुसार पुरानो तालमा डुंगा चलाउने गरिएको भए पनि नयाँ बन्ने तालमा डुंगा चलाउन पाइने छैन। उनले भने, ‘ताल शान्त वातावरणमा चराचुरुंगीलाई खेल्न र मनोरम दृश्यावलोकनका लागि मात्र प्रयोग गर्न दिइनेछ।’

‘बुलबुलेमा विभिन्न प्रजातिका चराहरू आउँछन््, मान्छेको आवातजावतका कारण चराहरूले शान्तसँग खेल्न पाइरहेका छैनन््,’ चपाईंले भने, ‘जाडो याममा साइबेरियन चराहरू पनि आउँछन््। चराहरूको बासस्थान पनि हुनेछ।’ ताल ४ हजार २ मिटर क्षेत्रफलमा बनाइनेछ। ताल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कार पाउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। उनले भने, ‘कामको जिम्मा लिएपछि समयमै गर्नुहोला, भुक्तानीका लागि कुनै समस्या छैन। उद््घाटन तामझामका साथ गर्ने काम समयमा नहुने भएपछि राम्रो हुँदैन।’ 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले बुलबुलेको संरक्षण र सुन्दरताका लागि नयाँ ताल निर्माण योजना अगाडि बढाइएको बताइन््। उनले भनिन््, ‘विगतको भन्दा बुलबुले अहिले मानिसको भ्रमणको केन्द्र बनेको छ। विगतमा ताल पनि बेतालको अवस्था थियो। अहिले तालको संरक्षण गरी त्यहाँ डुंगा चलाइएको छ। यसले तालप्रति पर्यटकको आकर्षण बढाएको छ। नयाँ ताल निर्माण गरेर बुलबुलेको थप शृंगारका कामहरू गरिएपछि कर्णालीको मुख्य पर्यटकीय गन्तव्य बन्नेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.