डाइभर्सन बनाउन सहयोग संकलन गर्दै फालेलुङ गाउँपालिका

डाइभर्सन बनाउन सहयोग संकलन गर्दै फालेलुङ गाउँपालिका
सुन्नुहोस्

फालेलुङ : पाँचथरको फालेलुङ गाउँपालिकाले घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन निर्माण गर्न सहयोग संकलन सुरु गरेको छ । डाइभर्सन निर्माणका लागि बजेट नभएको भन्दै पालिकाले नागारिकसँग सहयोग मागेको हो ।

आर्थिक सहयोग गर्न चाहनेले गाउँपालिकाको खातामा रकम जम्मा गरी विपत्तिमा सहयोग गर्न पालिकाले आग्रह गरेको हो । असार २ गतेको बाढीले हेंवा खोलाका पक्की पुल भत्काएपछि यातायात ठप्प छ । तत्काल यातायात सूचारु गर्ने उद्देश्यले घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन बनाउन थालिएको हो । बाढी–पहिरोले भत्काएका संरचना पुनः निर्माणका लागि बजेट नभएपछि सर्वसाधारणसँग पालिकाले गुहार मागेको हो ।

‘पालिकासँग प्रयाप्त बजेट छैन्,’ प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बेले भने ‘संघ र प्रदेश सरकारले पनि फालेलुङको विपत्तिमा चासो नदिएकाले सर्बसाधारणसँग सहयोग माग्न बाध्य छौँ ।’

सर्वसाधारणबाट सहयोग जुटाउन नसके यातायात डाइभर्सन बनाउन कठिन हुने पालिकाले जनाएको छ । स्थानीय तह कर्मचारी हकहित मञ्चले विपत्तिमा स्वेच्छिक रुपमा आर्थिक र श्रम सहयोग गर्न आह्वान गरेको हो । आह्वान गरेको दुई दिनमै तीन लाखभन्दा धेरै रकम संकलन भएको पालिकाले जनाएको छ ।

वीरगञ्जबाट ह्यूम पाइप ल्याएर घुमाउनेटारस्थित हेवा खोलामा डाइभर्सन निर्माण सुरु गरिएको छ । उक्त कामका लागि आर्थिक रुपमा सहयोग गर्न नसक्नेले श्रम सहयोग गर्न समेत आग्रह गरिएको छ ।

बाढीले बगाएका अरु पुल भएको स्थानमा पनि आर्थिक र श्रम सहयोग जुटाएर अस्थायी डाइभर्सन बनाउने पालिकाको तयारी छ । २ गतेको बाढीले हेंवा खोला, नवमी खोला, खेवाथाम खोला र सेवाखोलाको पुल भत्काएको छ ।

पुल भत्काएपछि फालेलुङ र सदरमुकाम फिदिम बीचको यातायात ठप्प छ । यातायात सूचारु गर्न पक्की पुल बनाउन तत्काल सम्भव नभएकाले ह्यूम पाईप राखेर डाइभर्सन निर्माण गर्न थालिएको हो ।

२ गतेको बाढी–पहिरोले फालेलुङमा मात्रै २१ करोड ३७ लाख ८५ हजार बाराबरको भौतिक संरचनामा क्षति पुगेको पालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.