मेलम्चीमा स्वास्थ्य मन्त्रीद्वारा पुल उद्घाटन, जनप्रतिधिले गरे बहिस्कार

मेलम्चीमा स्वास्थ्य मन्त्रीद्वारा पुल उद्घाटन, जनप्रतिधिले गरे बहिस्कार
सुन्नुहोस्

सिन्धुपाल्चोक : नेपाली सेनाको सहयोगमा सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती र पाँचपोखरी जोड्ने बेलिबृज निर्माण सम्पन्न भएको छ।

२०७८ असार १ र १७ गते आएको बाढीले मेलम्ची नगरपालिका, इन्द्रावती र पाँचपोखरी गाउँपालिका जोड्ने पुल बगाएपछि सोही ठाउँमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको हो। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बेलिब्रिज उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ लगायतको उपस्थिति थियो।

तर बेलिब्रिज उद्घाटन कार्यक्रममा तीन स्थानीय सरकारका प्रतिनिधिहरू उपस्थित भएनन्। बेलिब्रिज उद्घाटनमा स्थानीय सरकारलाई उपेक्षा गरिएको भन्दै तीनै पालिकाका जनप्रतिनिधिहरूले कार्यक्रमको बहिस्कार गरे। ‘हामीलाई कुनै जानकारी छैन, जानकारी नभएको कार्यक्रममा स्थानीय सरकार कसरी जानु ?, प्रश्नसँगै रोष प्रकट गर्दै तामाङले भने, ‘बेलिबृज जसले बनाएको भए पनि हाम्रो ठाउँमा र हाम्रा नागरिकहरूले प्रयोग गर्ने गरी बनाएका होलान्। हामीलाई त्यो बारे जानकारी त हुनुपर्‍यो नि।’ 

उनले स्थानीय सरकारको क्षेत्राधिकारमा बनेका संरचनाहरू निर्माण सम्पन्न भएपछि स्थानीय तहलाई जिम्मा लगाउनुपर्ने भन्दै त्यसो नगरिएको बताए। खबर नभएका कारण मेलम्ची नगरपालिकाका कोही पनि जनप्रतिनिधि कार्यक्रममा नगएको उनले बताए। 

दुई वर्षसम्म बन्न नसकेको बेलिबृज निर्माण भएपछि स्थानीय सरकार पनि केही हुनेमा ढुक्क थियो। तर, मेलम्चीमा बनेको बेलिबृज उद्घाटनमा भने स्थानीय सरकारलाई पुरै उपेक्षा गरिएको पाँचपोखरी गाउँपालिकाका अगुवा निर्मल बञ्जरा बताए। 

उनले स्वास्थ्य मन्त्री बस्नेतलाई प्रश्न समेत गरे– ‘स्थानीय सरकारसँग समन्वय गर्नु पर्दैन ?’ सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा विकासको सुनामी ल्याउने भाषण दिने गरेका बस्नेत आफूले पुल बनाएको होड देखाउन हतारोमा कार्यक्रम गर्दा त्रुटी देखिएको मेलम्चीका स्थानीय सुदर्शन दुलालले बताए। ‘आफू र आफ्ना आसेपासे भन्दा बाहेक अरू कोही नदेख्ने उनले आफैँ ईश्वर हो भन्ने देखाउन आफ्नैलाई बाइपास गरे’, उनले भने। 

नेपाली कांग्रेसबाटै विजयी भएका मेलम्ची नगर प्रमुख आइतमान तामाङलाई बोलाउँदा पुल बनेको जस स्थानीय तहलाई दिनुपर्ने देखिएकोले मन्त्री बस्नेतले जनप्रतिनिधिलाई बोलाउन नलगाएको उनले बताए।

नेपाली सेनाले भने आफूले निर्माणको जिम्मा मात्रै लिएको उद्घाटनको बारे कुनै जिम्मा नलिएको जनाएको छ। ‘हामीले निर्माणको जिम्मा पाएको ३ सातामा बेलिब्रिज निमार्ण सम्पन्न गरेर जिम्मा लगायौं’, नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले बताए। 

बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भने के कारणले पुलको उद्घाटनमा जनप्रतिनिधिहरू नआएको हो भन्ने कुराको जानकारी नभएको बताए। ‘उहाँहरूको सम्पत्ति हो, यहिँको जनतालाई यो पुलले सहजता बनाउने हो’, बस्नेतले भने, ‘तर आजको उद्घाटनमा जनप्रतिनिधिहरू किन आउनु भएन थाहा भएन। कुनै काम विशेषले पनि हुन सक्छ।’ मन्त्री बस्नेतले आफू सधैं जनताको सुख, दुःखमा साथ दिनका लागि प्रयत्नशील रहेको समेत बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.