बैतडीमा बस दुर्घटना (अपडेट) : एकजनाको मृत्यु, ३८ घाइते

बैतडीमा बस दुर्घटना (अपडेट) : एकजनाको मृत्यु, ३८ घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बैतडी : बैतडीबाट बस दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले पुष्टि गरे।

सोमबार दिउँसो पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस बैतडीको मेलौली नगरपालिका-७ को स्वाखानी भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।  गम्भीर घाइतेहरूलाई डडेलधुरा अस्पताल लैजाने तयारी भइरहेको छ।

बस अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.