नगरपालिकामा फोहोरलाई मोहोरमा बदल्ने आधुनिक मेसिन

नगरपालिकामा फोहोरलाई मोहोरमा बदल्ने आधुनिक मेसिन
सुन्नुहोस्

दोलखा : भीमेश्वर नगरपालिकाले सफा र स्वच्छ  नगरपालिका बनाउने हेतुले प्लास्टिक, सिसा र हड्डीजन्य फोहोर व्यवस्थापन गर्ने आधुनिक मेसिन भित्राएको छ। 

फोहोरजन्य बस्तुलाई दीर्घकालीन रूपमा उचित तरिकाले व्यवस्थापन गर्नका लागि नगरपालिकाले स्रोत मै फोहोर छुट्याएर संकलन गरी कुहिने र नकुहिने वर्गीकरण गरेर दीर्घकालीन व्यवस्थापन गर्न लागेको नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले बताए। 

वर्गीकरण भएका नकुहिने प्लास्टिक, सिसा र हड्डीजन्य फोहोर प्रशोधन गर्ने अत्याधुनिक मेसिन जडान गरिएको उनको भनाइ छ।

पालिकाले कुल फोहोरको आयतन घटाउने कम्प्याक्टर मेसिन, प्लाष्टिक सफा गर्ने मेसिन, सिसा टुक्रा गर्ने मेसिन, प्लाष्टिकका बोतल टुक्रा पार्ने मेसिन, हड्डी धुलो बनाउने मेसिन जडान गरेर फोहोर घटाउने र फोहोरबाट मोहोर बनाउने योजना रहेको भीमेश्वर नगरपालिकाका इन्जिनियर नारायण शिवाकोटीले बताए।

नगरपालिकाले घरघरबाट उत्पन्न भएका फोहोरलाई कुहिने र नकुहिने छुट्याएर कुहिने फोहोरलाई घरमै कम्पोष्ट मल बनाउन आग्रह गरेको छ। नकुहिने फोहोरबाट कच्चा पदार्थ बनाएर नगरपालिकाको आम्दानीको स्रोत बढाउने जनाएको हो।

मेसिन जडान गर्ने ठाउँदेखि  धेरै चुनौतीका बावजुत फोहोर व्यवस्थापन गर्न पालिकाले निजी क्षेत्रसँग साझेदारी गर्ने योजना बनाएको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पसको मेकानिकल विभागसँगको सहकार्यमा भीमेश्वर-६  मा आयतन घटाउने बेलर लगायतका मेसिनहरू जडान गरिएको छ।

यसअघि नकुहिने फोहोर भिर, जंगलमा लगेर फ्याल्नुपर्ने समस्या रहेकोमा अब त्यो हट्ने नगरपालिकाको मेयरले बताएको छ। ९वटा वडा रहेको भीमेश्वर नगरपालिकामा–३ र ६ मा चरिकोट बजार र वडा नम्बर–२ को दोलखा बजार लगायतबाट सबैभन्दा बढी प्लास्टिक, सिसा, हड्डी र प्लास्टिक बोतलजन्य फोहोर निस्कन्छ।

अबदेखि यी बजारमा बसोबास गर्ने नागरिक र सबै प्रकारका व्यवसायीलाई फोहोर छुट्याएर राख्न समेत नगर प्रमुख मानन्धरले आग्रह गरेका छन्। मानवीय संवेदनाको विकास आफ्नो प्राथमिकतामा पर्ने प्रतिबद्धतासँगै नगरलाई स्वच्छ, सफा नगर बनाउने संकल्प पूरा गरेर छाड्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.