दोलखामा लम्की स्कीन प्रकोपविरुद्ध कृषक गोठ अभियान

दोलखामा लम्की स्कीन प्रकोपविरुद्ध कृषक गोठ अभियान
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दोलखा : दोलखाको मेलुङ गाउँपालिकाले लम्पी स्कीन रोगविरुद्ध कृषक गोठ अभियान सुरु गरेको छ । रोगले महामारीको रुप लिएपछि पालिकाले कृषकको घरदैलो गोठ अभियान सुरु गरेको पालिकाका प्रमुख हिरा थोकरले बताए  । उनका अनुसार अभियानमा भेटेरेनरी डाक्टरसहितको विज्ञटिम रहेको छ । 

भेटेनरी अस्पताल तथा विज्ञ केन्द्र चरिकोट र हेफर नेपालको प्राविधिक सहयोग तथा सीडीएफ दोलखाको समन्वयमा स्थलगत पशु उपचार संचालन गरेको हो।

पालिका अध्यक्ष हिरा थोकरको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीबाट र उपाध्यक्ष गायत्री आचार्यको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नम्बर ७ बाट अभियान सुरु गरिएको थियो । थप उपचारका लागि कर्मचारी व्यवस्थापन गरि सबै वडा र टोलटोलमा आवश्यक औषधिसहितको टोली खटाउने तयारी भएको गाउँपालिकाको उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।

पालिकाभरी हालसम्म तीन सयभन्दा बढी  पशुमा लम्पी स्क्रिन रोग देखा परेको छ  । रोगका कारण ५ भन्दा  बढि पशु मरेका छन् ।  पालिकाले सो रोगविरुद्ध ९ सय  पशुलाई खोप लगाइएको पालिकाले जनाएको छ । खोप कार्यक्रमलाई  तीब्र बनाउने गाउँपालिकाको योजना रहेको छ ।

हालसम्म करिब ३ सय पशुको उपचार गरिएको छ। यसका लागि गाउँपलिकाले दई हजार डोज खोप र १ लाख बराबरको औसधि खरिद गरेको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाका अनुसार मेलुङ गाउँपालिकामा ५००भन्दा बढि पशुमा संक्रमण फैलिसकिएको छ । 

विशेषगरी गाईवस्तुमा लाग्ने यो रोगले हालसम्म दोलखामा ४ दर्जन पशु मरेका छन् भने तीन हजार बढी पशुहरु संक्रमित भएका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.