टीकाराम र लक्ष्मीलाई अवार्ड

टीकाराम र लक्ष्मीलाई अवार्ड
सुन्नुहोस्

काठमाडौं : फाल्गुनन्द लिङ्देन फिल्म्सद्वारा आयोजित भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड तथा संस्कृतिमुलक कार्यक्रम ‘एफएलएफ अवार्ड’ सम्पन्न भएको छ। राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा अभिनेत्री लक्ष्मी योङहाङ, अभिनेता टीकाराम लिम्बू, गायिका मेचु धिमाल, गायक सुसन साम्सोहाङ, संगीतकार मान तबेबुङ र निर्देशक टीकाराम लिम्बू माखिमले अवार्ड जिते। 

यस्तै पालाम भिडियोबाट मोडल पुष्पाञ्जली लिम्बू, विमला खजुम, रुद्र पाहिम, शेलेन्द्र नाल्बो, गायक शम्भु फोम्बो, जीवन केदेम, डीआर हाङसरुम्बा, गायिका रुक्साना लिम्बू, निरन्ता नेम्वाङ, शब्द तथा लय संकलनमा शैलेन्द्र नाल्बो र विपिन तावाले अवार्ड पाएका थिए।
पालाम विधाबाट हाङ चेम्जङ र म्युजिक भिडियोबाट सागर केरुङले उत्कृट निर्देशनको अवार्ड जितेका थिए। छायांकन सम्पादनको अवार्ड बीबी

लिम्बूले प्राप्त गरे भने सर्वोत्कृष्ट फिल्म र भिडियोमा क्रमशः ‘रित’ र ‘इच्छिङमा’ले अवार्ड प्राप्त गरे। यस वर्षको एफएलएफ अवार्ड लाइफटाइम अचिभमेन्ट गीतकार तथा संगीतकार रीता फोम्बो ठूलीलाई प्रदान गरिएको थियो। यस्तै कला निर्देशक र कलाकार विश्व मुखिया र कलाकार इन्द्र शेर्पालाई सम्मान गरिएको थियो। 

अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बू भाषाविद् याशेली योङहाङ र गायक तथा संगीतकार कुल्बा सुब्बा जुरी थिए। आशा नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, प्रतिनिधिसभा सदस्य गणेश पराजुली, निर्देशक तुलसी घिमिरे, लक्ष्मीनाथ शर्मा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार सुनिल थापा, प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, पूर्व मेजर जनरल होमकुमार लावतीलगायतको उपस्थिति थियो। कार्यक्रमलाई एभरेस्ट रकस्केप कम्पनी हङकङ र नाल्बो ज्वेलरी धरानले प्रायोजन गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.