दोलखाको कफी फ्रान्स निर्यात

दोलखाको कफी फ्रान्स निर्यात
सुन्नुहोस्

दोलखा : कृषि सहकारीले दोेलखाका किसानले उत्पादन गरेको कफी अन्तर्राष्ट्रिय बजारमा पठाउन थालेको छ। दोलखाको कालिञ्चोक– ८, सुनखानीको नीलकमल कृषि सहकारीले परम्परागत रूपमा कफी खेती गर्दै आएका कृषकबाट संकलन गरेर कफी विदेश निर्यात गर्न सुरु गरेको हो। 

कुष्ठ प्रभावित र अपांगता भएका व्यक्तिको उत्थानका लागि लेप्रोसी मिसन नेपालको सहयोगमा २०६७ सालमा ऋङ्गेश्वर स्वंय सहायता समूह गठन भएको थियो। उक्त संस्था नै २०७० सालमा नीलकमल कृषि सहकारी संस्थाको रूपमा रूपान्तरित भएर कृषकलाई व्यावसायिक बनाउने अभियानमा लागेको हो। हाल उक्त सहकारीले कालिञ्चोक गाउँपालिका वडा नं ७, ८ र ९ कार्यक्षेत्र बनाएर सेवा दिंदै आएको छ।

कफी बजार व्यवस्थापनका लागि द फेस्को हिमालयन कम्पनी काठमाडौंसँंग व्यापार सम्झौता गरेर सहकारीको नाम र लोगोसहितको कफी इटली र फान्सलगायतका देशमा निर्यात सुरु भएको सहकारीका संस्थापक अध्यक्ष टहल आचार्यले बताए। गाउँघरमा सजावटका लागि दुई चारबोट कोेही कोहीले रोप्ने, फलेर त्यतिकै खेर जाने कफीलाई जम्मा गरेर गत वर्ष सहकारीले खरिद गरी परीक्षणका लागि काठमाडौं पठाउन थालेको थियो। यो वर्ष धेरै सदस्यले चासो देखाएपछि सहकारीका सदस्यको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले हिमालयन कम्पनीसँग सम्झौता गरेको उनको भनाइ छ। 

संस्थाका सेयर सदस्यले उत्पादन गरेको साढे दुई क्विन्टल कफी सहकारीले प्रतिकेजी पाँच सय रुपैयाँमा खरिद गरी हिमालयन कम्पनीलाई प्रतिकेजी ५ सय ७५ का दरले १ लाख ४३ हजार रुपैयाँको कफी बिक्री गरेको हो। कफीको उत्पादन र बजारको सम्भावनालाई अध्ययन गरेर सहकारीले यस वर्ष सहकारीका १७ सय सेयर सदस्यमध्ये कफी उत्पादन गर्दै आएका सदस्यलाई छनोट गरी ५१ कृषक सदस्यलाई कफी उत्पादन, गुणस्तर व्यवस्थापन तथा बजारीकरणसम्बन्धी तीनदिने तालिम पनि दिइएको थियो। सहकारीले ६ हजार कफीका बिरुवासमेत वितरण गरेको जनाएको छ। कृषकको मागलाई ध्यानमा राखेर यो वर्षबाट सहकारी आफैंले कफीको नर्सरी गर्ने योजनासमेत बनाएको संस्थापक अध्यक्ष आचार्यको भनाइ छ।

कफी बाँदरले पनि बिगार नगर्ने, खेती प्रविधि सहज र बजार व्यवस्थापनकै कारण कृषकहरू यस खेतीतर्फ आकर्षित भएका सहकारीका अध्यक्ष कल्पना खरेलले बताइन्। विगतका वर्षमा सहकारीले १५ रोपनी क्षेत्रफलमा अदुवा खेती गरेको थियो। अदुवा राम्रो उत्पादन भए पनि बजार व्यवस्थापनको अभावले अदुवा खेती प्रभावकारी नभएपछि पछिल्लो समय विकल्पको रूपमा कफी खेती छनोट गर्नु परेको अध्यक्ष खरेलको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.