रामेछापबाट महासचिव पोखरेलले भने : पुष्पलालले स्थापना गरेको नेकपा अहिलेको एमाले हो

रामेछापबाट महासचिव पोखरेलले भने : पुष्पलालले स्थापना गरेको नेकपा अहिलेको एमाले हो

काठमाडौं :  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेकपा, अहिले एमालेको रुपमा जनतामाझ लोकप्रिय रुपमा स्थापित भएको दाबी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा आइतबार रामेछापको भंगेरीमा एमालेद्वारा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पोखरेलले पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदानको चर्चा गरे। 

उनले विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’ का प्रथम नेपाली भाषामा अनुवादक गरेर नेपाली जनतामाझ पुष्पलालले ऐतिहासिक कार्य गरेको समेत उल्लेख गरे। एमाले जनताको विकासको आकांक्षा र परिवर्तनलाई नेतृत्व गर्ने सामार्थ्य राख्ने पार्टी भएको बताउँदै पोखरेलले सरकारको नेतृत्व गरेको बेला जनतामाझ देखाउन सफल भएकोसमेत दाबी गरे। उनले एमाले नेपालमा मात्र नभई विश्वस्तरीय कम्युनिष्टको लोकप्रिय आन्दोलनको रुपमा एमाले स्थापित भएको धारणा राखे।

महासचिव पोखरेलले जनताको विकास र समृद्धिको पक्षमा लागिरहेको एमालेलाई घेराबन्दी गर्ने काम भइरहेको बताए। ‘क. पुष्पलालले स्थापना गरेको पार्टी राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितका पक्षमा अडान लिन्छ।’ उनले भने,‘ तर, नेपालमा कम्युनिष्ट पार्टी नामका अन्य पार्टीहरु राष्ट्रिय हित र स्वाधीनता सवालमा आत्मसमर्पणवाद अबलम्बन गर्दै अगाडि बढिरहेको तपाईंहरुलाई थाहै छ, कहिले कम्फरटेबल छु भनिरहेका छन्, आत्मसमर्पण गरिरहेका छन्।’

पोखरेलले कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन हिँडेका माधव नेपाल अवसरवादको दलदलमा फसेको दाबी गरे। उनले एमालेलाई समाप्त पार्ने, सत्ताको कांग्रेससँग बार्गेनिङ गर्ने व्यक्ति र पार्टी कम्युनिष्ट हुन नसक्ने स्पष्ट पारे। 

null

राष्ट्रियताको रक्षा गर्ने पार्टी एमाले मात्रै हो भन्ने कुरा एमालेको अडानले पुष्टि गर्ने उनको भनाई छ। उनले अहिले कम्युनिष्टकै सरकार भएपनि एमालेले पुष्पलालको जन्मभूमिमा गुरु योजनासहित अगाडि बढाएका योजनाका बजेट कटौती गर्ने वा बजेट नै नदिने गरेकोप्रति आक्रोश व्यक्त गरे।

‘संघ र प्रदेश सरकारलाई म गम्भीर हुन आग्रह गर्दछु, कम्युनिष्टकै सरकार छ, राष्ट्रका विभुतिहरु, राष्ट्रका शहिदहरु राज्यका हुन्। कुनै पार्टीका हुँदैनन्। तीनलालको भूमि, पुष्पलालको जन्मभूमी एमालेले अगाडि बढाएका गुरु योजनामा बजेट छुट्याउनुहोस्।’ उनले रामेछाप नगरपालिकाले समेत पुष्पलाल र गंगालाललाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने धारणा राखे। 

महासचिव पोखरेलले विभूति कुनै पार्टीका नहुने भएकाले रामेछापलाई राजनीतिक पर्यटनको विकास गर्न सबै राजनीतिक दल लाग्न आग्रह गरे। ‘पुष्पलालको जन्मथलोमा तीनलालको शालिक स्थापना गर्नुपर्छ।’ उनले भने, ‘एमाले नेतृत्वको सरकारका पालामा बनेका तीनलालका शालिक अहिलेसम्म रामेछापमा ल्याएर स्थापना गर्न सकिएको छैन।’

पोखरेलले धेरै राजनीतिक दलभन्दा बलियो राष्ट्रिय दल नेपाललाई आवश्यकता परेको बताए। उनले धेरै राजनीतिक दल हुँदा वैदेशिक चलखेल, विचारमा विचलन र राजनीतिक अस्थिरता भएकाले पुष्पलालले स्थापना गरेको एमालेलाई बलियो शक्ति बनाउन आह्वान गरे।

दिवसको अवसरमा वृक्षारोपणसमेत गरिएको छ। आज दिउँसो नै मन्थलीको तीनलाल पार्कमा एमाले रामेछापले विशेष कार्यक्रमसमेत आयोजना गरेको छ। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.