‘कार्साङ’बाट छिरिङको डेब्यु

‘कार्साङ’बाट छिरिङको डेब्यु
सुन्नुहोस्

काठमाडौं : यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन्। छिरिङले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन्।

छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्। उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत हुन्।

छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नामसमेत लेखाएकी छन्। उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी थिइन्। यो फिल्म यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो। यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ अनुबन्ध भइसकेका छन्।

पुरुषोत्तम प्रधानले खिच्ने फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ। शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले जानकारी दिए। निर्देशक शेर्पाको पनि यो डेब्यू निर्देशकीय फिल्म हो। यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।

यो फिल्ममा दयाहाङ र बुद्धि अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटसका लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ। फिल्मको छायांकन तिहारलगतै गरिने जनाइएको छ। फिल्मको वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.