अनाई खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता

अनाई खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता
सुन्नुहोस्

बाजुरा : मार्तडी कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका- ९ अनाई खोलामा ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन् । हिजो राती ११ बजेतिर कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्मरको ट्याक्टर करिब २० मिटर तल ढुगांमा अड्किएको अवस्थामा फेला परेको र चालक डुबनारायण चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहराले जानकारी दिए।

ट्याक्टर डोटी जिल्ला घर भई हाल सदरमुकाम मार्तडीमा व्यापार गर्दै आएका व्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ । बेपत्ता रहेका ट्याक्टर चालक चौधरीको नेपाली सेना ससस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयको टोलीद्धारा खोजी कार्य भइरहेको उनको भनाई छ।
रातिको समय चालकलाई खोलाले बगाएको हो वा कतै फरार रहेको भन्ने कुनै जानकारी नभएको बोहोराले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.