क्षणिक आवेशको परिणाम : श्रीमतीको हत्या, श्रीमान् थुनामा, आमा आइसीयूमा

क्षणिक आवेशको परिणाम : श्रीमतीको हत्या, श्रीमान् थुनामा, आमा आइसीयूमा

राजविराज : सप्तरीको महादेवा गाउँपालिकामा एक युवकले लाठी र फलामको रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । महादेवा गाउँपालिका–२ अकवरपुरका ३५ वर्षीय रामरुप खंगको प्रहारले उनकी  ३० वर्षीया श्रीमती पावर्तीदेवी खंगको मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । 

आरोपित खंगको आक्रमणमा परी उनका बुवा,आमा समेत घाइते भएको रामचरित्र खंगले बताए । लागुऔषध सेवनकर्ता आरोपित घरबाट १६ हजार रुपैयाँ लिएर बाहिरिन खोज्दा घरपरिवारले रोकेका थिए । सोही क्रममा घरपरिवारका सबै सदस्यहरूलाई कुटपिट गरेर घाइते बनाएको स्थानीयले बताए । क्षणिक आवेशले श्रीमती चितामा,आमा अस्पतालमा र युवक थुनामा पुगेको खंगले बताए ।

श्रीमतीको हत्या गरेर भागेका उनलाई गाउँलेहरूले समातेर प्रहरीलाई बुझाएका छन् । प्रहरी निरीक्षक प्रमोद खडकाका अनुसार गाउँलेहरुले समातेर बुझाएका आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारवाही गरिने तयारी भइरहेको छ ।  

घाइते आरोपितका आमा ६२ वर्षीया सन्तोलियादेवी खंगको गम्भीर अवस्थामा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । आइसीयूमा उपचाररत उनको टाउको फुटेर अत्यधिक मात्रामा रगत बगेकाले रगतको निकै कमी भएको चिकित्सकले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.