कांग्रेस अर्घाखाँचीले १९ गते पालिका सम्मेलन गर्ने

कांग्रेस अर्घाखाँचीले १९ गते पालिका सम्मेलन गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

सन्धिखर्क : नेपाली कांग्रेस अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा साउन १९ गते प्रथम पालिका सम्मेलन गर्ने भएको छ। 

सम्मेलनमा कांग्रेसको सङ्गठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, सङ्गठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा सम्मेलनमा छलफल हुने जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए। उनले पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा व्यापक छलफल हुने बताए।

नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालका र पाणिनी गाउँपालिकामा  साउन  १९ गते हुने पालिका सम्मेलन गर्न थालेको हो।

पालिका सम्मेलनले नेपाली कांग्रेसको संगठन विस्तारलाई सहयोग गर्ने नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्ण खनालले बताए।  नेपाली कांग्रेसको विधान २०१७ (नवौँ संसोधन) ले गरेको ब्यबस्था तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको पूर्व घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस अर्घाखाँचीले पालिका सम्मेलन गर्न लागेको जिल्ला सचिव कृष्ण खनालले बताए । 

सम्मेलनको लागि जिल्ला तहका नेताहरुलाई प्रतिनिधीको रुपमा पालिकाहरुमा खटाइएको छ। छत्रदेव गाउँपालिकामा प्रदेश सहमहामन्त्री विष्णु खनाल र जिल्ला सचिव अच्युत गौतम, सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ र जिल्ला सचिव कृष्णप्रसाद खनाल, पाणिनि गाउँपालिकामा पुर्व पाटी सभापति कमलप्रसाद भुसाल र सहसचिव मेघराज पाण्डे, मालारानी गाउँपालिकामा प्रदेश सदस्य शान्ता भण्डारी र बाबुराम पौडेल, भुमिकास्थान नगरपालिकामा जिल्ला सभापति केशव श्रेष्ठ र सहसचिव कमल पौडेल र शितगंगा नगरपालिकामा जिल्ला उपसभापति विष्णु भुसाललाई  खटाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.