वडाध्यक्षले गरे आत्मसमर्पण

वडाध्यक्षले गरे आत्मसमर्पण
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ का वडाध्यक्ष दौलत कार्कीले आत्मसमर्पण गरेका छन्। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेललाई अभद्र व्यवहार गरेको आरोप लागेका उनले आइतबार आत्मसमर्पण गरेका हुन्। 

उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ। वडाध्यक्ष कार्कीले गत असार १४ गते गाउँपरिषद चलिरहेका बेला पौडेलमाथि अभद्र व्यहार गरेको आरोप छ। 

उक्त घटनाको ३६ दिनपछि आइतबार प्रहरी समक्ष आत्मसपर्मण गरेका वडा अध्यक्ष कार्कीलाई थप अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए। 

वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गत असार १४ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले असार १५ गते कार्की विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष कार्कीले भने आफूले कुनै अभद्र व्यवहार नगरेको दावी गर्दै आएका छन्। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.