पालिकाको स्थायी केन्द्र तोकिएपछि वडाध्यक्षले गरे अधिकृतको कार्यकक्षमा तोडफोड

पालिकाको स्थायी केन्द्र तोकिएपछि वडाध्यक्षले गरे अधिकृतको कार्यकक्षमा तोडफोड
सुन्नुहोस्

दोलखा : जिल्लाको कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुविन्डेमा तोकिएपछि असन्तुष्ट वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गएर तोडफोड गरेका छन्। 

केन्द्र तोकिएपछि वडा नम्बर ५ का वडाध्यक्ष सहदेव खड्काले कार्यकक्षमा तोडफोड गरेका हुन्। गाउँसभामा पटक पटक छलफल गर्दा सहमती हुन नसकेपछि मतदानबाट केन्द्र तोकिएको थियो। 

गाउँसभामा पेश भएको प्रस्तावमा अध्यक्षसहित पक्षमा ३२ जना र विपक्षमा ९ जनाले मतदान गरेका थिए। वडाध्यक्ष खड्का पालिकाको स्थायी केन्द्र तोक्न सोमबार भएको मतदानको पक्ष वा विपक्षमा नउभिई तटस्थ बसेका थिए। उनीसहित वडा नम्बर ५ का चार जना वडासदस्य तटस्थ बसेका थिए।

पालिकाको स्थायी केन्द्र अपायक भएको भन्दै असन्तुष्ट देखिएका खड्काले सोही विषयलाई लिएर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ओलीको कार्यकक्षमा तोडफोड गरेको बताइएको छ। 

ओली कार्यकक्षमा नभएका बेला वडाध्यक्षले उनको कार्यकक्ष तोडफोड गरेका हुन्। वडाध्यक्ष सहदेव खड्काले मंगलबार दिउँसो गाउँपालिकाका कार्यकारी अधिकृत नवराज ओलीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका हुन्। 

खड्का एक्लै कार्यकारी अधिकृत ओलीको कार्यकक्षमा पुगेर कुर्ची, सोफा, कम्युटर लगायतका सामान फालेको गाउँपालिकाकी शाखा अधिकृत रोशनी आचार्यले जानकारी दिइन्। उनका अनुसार वडाध्यक्ष खड्का तोडफोड गरेपछि निस्किएर हिँडेका थिए। 

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा पनि केन्द्र तोक्न नसकेको भन्दै चर्को आलोचना खेप्दै आएको गाउँपालिकाले दोस्रो स्थानीय निर्वाचनपछि पटक पटक सर्वदलीय बैठक तथा छलफल गर्दै आएको र सोही अनुसार सोमबार गाउँपालिकाको केन्द्र तोक्न सफल भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.