कर्णालीमा शिक्षकहरू आन्दोलित, शिक्षण सिकाई क्रियाकलाप प्रभावित

कर्णालीमा शिक्षकहरू आन्दोलित, शिक्षण सिकाई क्रियाकलाप प्रभावित
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णालीमा शिक्षकहरू आन्दोलित भएका छन्। संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै कर्णालीका १० वटै जिल्लामा शिक्षक महासंघको नेतृत्वमा सबै शिक्षकहरू आन्दोलित भएका हुन्।

शिक्षकहरूको आन्दोलनका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप प्रभावित भएको छ। जसले विद्यार्थीहरूलाई पढ्न पाउने अधिकारबाट बन्चित भएका छन्। 

नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक परिषद, अखिल नेपाल शिक्षक संगठन लगायतका विभिन्न दल निकट शिक्षकका संघ संगठनहरूले सयुक्त रुपमा सुर्खेत लगायत कर्णालीका १० वटै जिल्लाहरूमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना तथा आन्दोलन कार्यक्रम गरिरहेका छन्। 

शिक्षकहरूको आधिकारिक ट्रेड युनियन नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रम अनुसार कर्णालीका ७९ वटै स्थानीय तहका सबै विद्यालय बन्द गरी शिक्षकहरूले पालिकाको कार्यालय र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा बिहान ११ देखि दिउँसो २ बजेसम्म धर्ना दिएका छन्। 

सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान राखेकोले कर्णाली प्रदेशभरीका शिक्षकहरू आन्दोलित भएको नेपाल शिक्षक संघ कर्णाली प्रदेशका अध्यक्ष मानबहादुर रोकायाले बताए। उनले सरकारले प्रस्तावित शिक्षा ऐनमा भएका शिक्षक तथा कर्मचारीको हित विपरीतका व्यवस्थाहरू सुधार नगरे कडा आन्दोलन थालिने चेतावनी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.